१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

थप ७९२ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा ७९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

७हजार ६० पीसीआर परीक्षण गर्दा ६९१ जना र २ हजार ५५९ एन्टिजेन परीक्षण गर्दा १०१ गरी ७९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ भने ९१० जना निको भएका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ३ हजार ५५२ पुगेको छ। योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ भने ७ लाख ७७ हजार ७४१ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ५५४ जना रहेका छन् । जसमध्ये १३ हजार ४५९ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३०६ जना आईसीयू र १०२ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २३१ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै १० वर्ष मुनिका १८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५० जना कोरोना संक्रमित थपिएका छन् ।


प्रतिक्रिया दिनुहोस !