प्रशासकीय अधिकृत सुवेदीलाई कार्यकक्षमै कालोमोसो « Name of Truth News : News Portal in Nepal
   ५ कार्तिक २०७८, शुक्रबार
 |   Fri Oct 22 2021
Logo

प्रशासकीय अधिकृत सुवेदीलाई कार्यकक्षमै कालोमोसो



म्याग्दी । म्याग्दीको सदरमुकामस्थित बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलाई कार्यकक्षमै दुर्व्यवहार भएको छ । २०७८ असोज २४ गते आइतबार दिउँसो सुवेदीसँग काम छ भन्दै कार्यकक्षमा पुगेका चार जनाले कालोपदार्थ (मोबिल) प्रहार गरेका हुन् । कार्यकक्षमा बसेर काम गरिरहेको अवस्थामा एकाएक भित्र छिरेर कालोपदार्थ आफूतिर प्रहार गरेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘विगतमा पनि चन्दा मागेका थिए, दिन सकिएन । पहिला आउने र अहिले आएकाहरु समूह फरक होलान् तर गलत नियतका साथ आएर दुर्व्यवहार गरे । सुरक्षा निकायले उचित छानबिनका साथै कारवाही गर्ने आश गरेका छौं । यसअघि पटक पटक चन्दा मागिएको र आफूले दिन नमिल्ने भनेपछि अस्तिको घटना भएको सुवेदीको भनाइ छ । मोबिल प्रहारबाट प्रमुख प्रशासकीय अधिकृत सुवेदी बस्ने कुर्सी,टेबुल र कुर्सी पछाडिको भित्तामा समेत असर पुगेको छ । मोबिल प्रहार गरेर भाग्दै गरेको अवस्थामा कार्यकक्षमै रहेका जनप्रतिनिधिले एक जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

मुगु घर बताउने करिब १९ वर्षका जीवन बिक नामक ती व्यक्तिलाई नगरपालिकाले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामकुमार राईले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले यसअघि कुनै पनि समयमा यस्तो सुरक्षा थ्रेट रहेको जानकारी गराउनुभएको थिएन । तर घटनापछि मात्रै विगतमा चन्दा माग भएको र आफूले नदिएको बताउनुले थ्रेट रहेको देखियो ।’घटनास्थलबाट प्रहरीले युवा संगठन नेपालको नाममा छापिएको सहयोग रसिद,१ सेट मोबाइल, घडी, कलमलगायतका सामग्री बरामद गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको र उक्त घटनामा संलग्न तथा फरारहरुको खोजीकार्य जारी रहेको डिएसपी राईले बताउनुभयो । ‘घटनाको बारेमा अनुसन्धान हुन्छ र राज्यको कानुनअनुसार कारबाही हुन्छ,’ उहाँले भन्नुभयो । यसअघि पनि बेनी नगरपालिका–२, ज्यामरुककोटका वडाध्यक्ष हिराबहादुर थापालाई दुई वर्षअघि अज्ञात समूहले कार्यकक्षमै रहेको समयमा कालोमोसो दलेर दुर्व्यवहार गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !


एमालेको दशौँ महाधिवेशनको स्थान फेरियो



काठमाडौं । नेकपा एमालेले आगामी मंसिरमा बुटवलमा गर्ने तय भएको दसौँ राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन भएको छ । महाधिवेशन बुटवलको साटो चितवनमा हुने भएको छ । विहीबार बसेको स्थायी कमिटीको बैठकले दसौँ महाधिवेशन बुटवलबाट चितवन सार्ने निर्णय गरेको हो । बिहीबारको स्थायी कमिटी बैठकले असोज १५–१७ गते गोदावरीमा सम्पन्न विधान महाधिवेशनको समीक्षा गरेको बैठक पछि एक नेताले जानकारी दिए ।

साथै, १० बुँदे सहमतिका विषयमा विहिबारको बैठकमा छलफल हुने एक स्थायी कमिटी सदस्यले बताए । बुधबार एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदको औचित्य सकिएको बताएपछि तेस्रो धारका नेताहरु असन्तुष्ट देखिएका छन् ।​ यसैबीच दसौँ महाधिवेशन सफल पार्नका लागि रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी पनि गठन गरिएको बैठकपछि पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले पत्रकारहरुलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

पचास प्रतिशत बढी जापानीहरु चीनको पक्षमा, अमेरिका मुख्य बाधक भएको ठहर



काठमाडौं । अधिकांश जापानीहरु अमेरिकाभन्दा चीनसँग नजिक हुनु पर्ने पक्षमा रहेको चिनिँया समाचार संस्था ग्लोबल टाईम्सले दाबी गरेको छ । सन् २०२१ मा चीन जापान सम्बन्ध जनमत सर्वेक्षणको नतिजा बुधवार बेइजिंग र टोकियोमा जारी गरिएको थियो । अनुसन्धानले पचास प्रतिशत बढी मानिसहरु अमेरिकाभन्दा चीनसँग नजिक हुनु पर्ने पक्षमा रहेका छन् । सो सर्वेक्षणमा सहभागी अधिकांश जापानीहरुले अमेरिका नै चीन र जापानको सम्बन्धमा मुख्य अवरोध रहेको बताएका छन् ।

सन् २००५ मा शुरू भएको वार्षिक सर्वेक्षण, दुई देशहरुको लागि सार्वजनिक राय बुझ्न र आपसी समझदारीको बढावाको लागि अध्ययन थालेको थियो । यस वर्षको सर्वेक्षण चीनको विदेशी भाषा प्रकाशन प्रशासन र एक जापानी थिंकट्यांक जेनरोन एनपीओले अगस्टको अन्त्यदेखि सेप्टेम्बरको अन्त्यसम्म दुई देशमा संयुक्त रूपमा सर्वेक्षण सञ्चालन गरिएको थियो। चीन र जापान दुबै देशका उत्तरदाताहरु द्विपक्षीय सम्बन्धको महत्वमा उच्च प्राथमिकतामा राखेका थिए । क्षेत्रीय सहयोग र वैश्विक चुनौतिहरुको विषयमा चिन्ता देखाएका थिए ।

सर्वेक्षणमा ७०.९ प्रतिशत चिनियाँ र ६४.४ प्रतिशत जापानी उत्तरदाताले चीन र जापान द्विपक्षीय सम्बन्ध महत्वपूर्ण रहेको बताए । त्यस्तै विश्वव्यापी महामारीको बीचमा जापानले टोकियो ओलम्पिकको सफल आयोजना गरेकोमा चिनियाँ उत्तरदाताहरुले उच्च प्रशंसा व्यक्त गरेका छन्। सर्वेक्षणले ८०.६ प्रतिशत चिनियाँ र ५६.४ प्रतिशत जापानीहरुले इतिहासलाई चीन र जापान सम्बन्धमा एक प्रमुख समस्याको रुपमा लिएका छन् । जबकि ६२.४ प्रतिशत चिनियाँ र ५६.७ प्रतिशत जापानीहरुले सीमा दुई देशको बीचमा भएको सीमा विवादलाई सम्बन्धमा बाधा पर्ने सबैभन्दा महत्वपूर्ण मुद्दा भनेका छन् । एसियाको क्षेत्रीय मामिलामा कोरियाली प्रायद्वीपको परमाणु निशस्त्रीकरण, चीन र जापान समुद्री र वायु संकट व्यवस्थापन, उर्जा संरक्षण र वातावरणीय संरक्षण दुबै पक्षमा उत्तरदाताहरुको मुख्य चासो थियो।

प्रतिक्रिया दिनुहोस !

मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान नगरी प्रदेशसभा बैठक स्थगित



काठमाडौं । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान नगरी बागमती प्रदेशको प्रदेशसभा बैठक कात्तिक १० गतेसम्म स्थगित भएको छ । बिहीबारको बैठकमा मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएपछि सभामुख सानुकुमार श्रेष्ठले कात्तिक १० गतेसम्मका लागि बैठक स्थगित गरिदिएका हुन् ।

बैठकमा मुख्यमन्त्री शाक्यले आफूलाई विश्वासको मत दिन प्रदेशसभासमक्ष प्रस्ताव गरेकी थिइन् । तर विपक्षी गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीका सांसद प्रेमबहादुर तामाङले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: