७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

नेपालमा ह्वात्तै घट्यो कोरोना संक्रमित र मृतकको संख्या



काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ९४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ९७ हजार १३४ पुगेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ सय ९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ७८ हजार ३ सय ५० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ५ सय ९४ जनाको परीक्षण हुँदा हालसम्म कुल ४९ लाख ३१ हजार ३०८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २६१ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !