चीनले नयाँ कमाण्डर पठाएपछि भारतको सातो उड्यो, गलवान घटना दोहोरिने भन्दै रुवाबासी « Name of Truth News : News Portal in Nepal
   ६ कार्तिक २०७८, शनिबार
 |   Sat Oct 23 2021
Logo

चीनले नयाँ कमाण्डर पठाएपछि भारतको सातो उड्यो, गलवान घटना दोहोरिने भन्दै रुवाबासी




काठमाडौं । ताइवान स्ट्रेटमा पछिल्ला दिनहरुमा सैन्य गतिविधि बढाईरहेको चीनले भारतसँगको सिमानामा अर्को क्षेत्रीय विवाद उब्जाईरहेको भन्दै भारत चिन्तित बनेको छ । भारत चीनको सेना कमाण्डर स्तरको वार्ता अन्तिम चरणमा पुगेर असफल भएपछि गलवानको जस्तै घटना हुन सक्ने भन्दै भारत चिन्तित बनेको भारतीय अंग्रेजी अनलाई द प्रीन्टले जनाएको छ । द प्रीन्टले भनेको छ, दुई देशको बीचमा तनाव कम गर्नका लागि दुई देशका कमाण्डर स्तरको वार्ताले प्रयास गरिरहेको छ । पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा बिग्रन सक्छ ।

चीनले एलएसीमा अधिक सैनिकहरुको तैनाती गरिरहेको छ । त्यस्तै बेईजिंगले यस पटक भारतले अनुचित मागहरु राखेको टिप्पणी गरेको छ । जसकारया नयाँ दिल्लीका रणनीतिक स्रोतहरु ले चनियाँ टिप्पणी र एलएसीमा चिनियाँ सैन्य गतिविधिले गत वर्षको गलवान घटना दोहोरिने चिन्ता रहेको सो पत्रिकाले जनाएको छ । स्रोतहरुका अनुसार, आउँदो जाडो भारतीय सेनाका लागि परिस्थिति जटिल बन्न सक्छ । अर्को बर्ष मार्च देखि अप्रिल सम्म, त्यहाँ बन्दुकको सम्भावित उपयोगसहितको नयाँ हिंसा हुन सक्छ। यस पटक चिनियाँ संचारले आफ्नो दृष्टिकोण परिवर्तन गरेको संकेत दिएको थियो । जबदेखि एलएसी स्ट्यान्ड–अफ अप्रिल मे २०२० मा शुरू भयो, दुबै पक्षले मुख्य रूपले तीन स्तरीय दृष्टिकोण अपनाएका छन् ।

कूटनीतिक र सैन्य स्तरमा नियमित वार्ता, विदेश मन्त्री स्तरमा वार्ता । यी सबैको शीर्षमा, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र शीर्ष चिनियाँ कूटनीतिज्ञ याङ हु बीच पनि वार्ता भएको थियो। यस पटक वार्ता असफल हुनुमा जुलाई महिनामा पदोन्नति भएका जनरल जू किलिंगको ठाउँमा चिनियाँ जनरल वाङ हाइजियाङ आएपछि भारत र चीनको सीमामा तनाव बढेको स्रोतले बतायो । जनरल वाङ पश्चिमी थियेटर कमाण्डको नेतृत्व गर्ने चौथो कमाण्डर हुन् । पीएलएको प्रमुख केन्द्रीय सैन्य आयोग (सीएमसी) ले उनलाई सेप्टेम्बरमा मात्र ल्याउने निर्णय लिएको थियो। १६ महिना अघि मात्र चिनियाँ सेनाले हिमालयमा वास्तविक नियन्त्रण रेखा (एलएसी मा दुई परमाणु शक्तिहरुको बीचमा युद्ध भएको थियो जसमा २० भारतीय र ४ चिनियाँ सेनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !


विपद्मा परेकालाई सरकारले राहत दिनुपर्छ : वरिष्ठ नेता पौडेल



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढी, पहिरो प्रभावित जनतालाई सरकारले राहत दिनुपर्ने बताउनुभएको छ । उहाँले विपद्मा परेकाका लागि प्याकेज कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा वरिष्ठ नेता पौडेलले किसानलाई बीउविजन, मल, ऋण, क्षतिपूर्ति, भत्केका संरचना निर्माणलगायत सबै किसिमको प्रबन्ध मिलाउन सरकारले दीर्घकालीन र तत्कालीन कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

सरकारलाई अझ तदारुकताका साथ राहत कार्यक्रममा जुटन आग्रह गर्ने उहाँले बताउनुभयो । फरक प्रसङ्गमा नेता पौडेलले अझै पनि लोकतन्त्रमाथि सङ्कट नटरेकाले त्यसको रक्षाका लागि कांग्रेसले खबरदारी गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कांग्रेस बलियो भयो भने मात्रै नेपालमा लोकतन्त्रको रक्षा हुन्छ र लोकतन्त्रको रक्षा भए मात्रै नेपाल राष्ट्रको स्वाधिनताको रक्षा हुन्छ ।” वरिष्ठ नेता पौडेलले कांग्रेसको सबलता र सक्षमता नेपालको लोकतन्त्रसँग गाँसिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !

अध्यात्मिक शिक्षाले मानव कल्याण र विश्व शान्तिको मार्ग देखाउँछः मुख्यमन्त्री राउत



जनकपुरधाम, ६ कात्तिक

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भौतिकवादी युगमा मानिसलाई अहिंसाको बाटोमा डोर्‍याउन अध्यात्मिक शिक्षाको महत्व रहेको बताएका छन् ।

जनकपुरधाम उपमहनगरापालिका–१४ मुजेलियास्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरद्वारा मुजेलियामा नवनिर्मित प्रशिक्षण केन्द्र ॐ शान्ति मिथिला बाटिकाको शनिबार उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले भने, ‘कुनै पनि धर्मका धार्मिक शिक्षाले मानिसलाई अहिंसाको मागमा चल्न सिकाउछन् । धार्मिक शिक्षाले पनि समाजलाई जोड्छ,धार्मिक सदभाव बढाउछन, भाइचारा, मानव कल्याण र विश्व शान्तिको वकालत गर्छन् ।’

पाँच कठ्ठा क्षेत्रफलमा चार करोड पचास लाखको लागतमा निर्माण भएको उक्त भवनमा राजयोग सेवा केन्द्रसँग सम्बन्धित प्रशिक्षणहरु सञ्चालन हुने जनाइएको छ । सेवा केन्द्रको नेपाल निर्देशक राज दादी मा को अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेशसभा सदस्य सत्रुधन महतो, राम अशिष यादव , परमेश्वर साह, शारदा थापासहित समाजसेवीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस !

धनुषामा एमालेको ११७ वटा वडाको अधिवेशन सर्वसम्मत



धनुषामा नेकपा एमालेको ११७ वडामा अधिवेशन सम्पन्न भएको छ ।

जिल्लामा रहेका १७० वडामा उद्घाटन सत्र सम्पन्न भए पनि ११७ वटा वडामा शनिवार अधिवेशन सम्पन्न हुन सकेको एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले बताए । ११७ वटै वडामा सर्वसम्मत अधिवेशन सम्पन्न भएको उनले बताए । ‘१७० वटै वडामा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भइसकेको छ,’ उनले भने, ‘बाँकी रहेका वडाहरुमा सहमतिले नै नेतृत्व चयन गरिने विषयमा छलफल पनि भइरहेकोले भोलिसम्म सबै वडाको अधिवेशन सम्पन्न हुनेछ ।’

९ कात्तिकमा पालिकाको अधिवेशन रहेकोले त्यसअघि नै वडा अधिवेशन गर्नुपर्ने बाध्यता रहेकोले आफूहरु त्यसमै सक्रियतापूर्वक लागेको उनले बताए । नेकपा एमालेको अगामी १० मंसिरमा राष्ट्रिय महाधिवेशनको समय तोकिएको छ । पार्टीको महाधिवेशनपश्चात मात्रै जिल्ला अधिवेशन हुने उनले बताए । पार्टीको वडा अधिवेशन गराउन यतिबेला एमालेका जिल्ला नेताहरु आ-आफ्ना क्षेत्रमा सक्रिय भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: