१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

अधिकारकर्मी रुवी खानलाई रिहा गर्न आदेश, पुन: पक्राउ नगर्न चेतावनी



काठमाडौं । सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेकी नेपालगञ्जकी अधिकारकर्मी रुवी खानलाई रिहा गर्न आदेश दिएको छ । अधिवक्ता मोहना अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चले बाँकेकी रुबी खानलाई रिहा गर्न र रिहा भएपछि पुनः धरपकड नगर्न पनि आदेश दिएको छ ।

दुई हिंसाका घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै दबाव दिन रुबी सहितको टोली नेपालगञ्जका दुई जना महिलाको शंकास्पद मृत्युको घटना अनुसन्धानको माग गर्दै आएका आफन्त र अधिकारकर्मी न्यायका लागि पैदल हिंडेर अघिल्लो हप्ता काठमाडौं आएका थिए । माइतीघरमा धर्ना बसेकै ठाउँबाट प्रहरीले गत शुक्रबार अधिकारकर्मी रुवी खानलाई पक्राउ गरेर नेपालगञ्ज लगेको थियो । उनलाई रिहा गर्न माग गर्दै अधिकारकर्मी मोहना अन्सारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय