६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

अमेरिकामा ९० प्रतिशत काला जातिका मानिस सडकमा हिँडेको बेला मारिन्छन् !



एजेन्सी : अमेरिकामा विविध प्रकारका जातीय भेदभाव एक पछि अर्को गरि बढिरहेका छन् । अमेरिकाका स्वेत प्रहरी अधिकारीहरु जानाजान अस्वेत समुदायका मानिसहरुलाई दुर्व्यवहार गरिरहन्छन् । प्रहरीको त्यस्तो कार्यको समाजमा बेला बेलामा आक्रोश भेट्न सकिन्छ । एक समाचार रिपोर्ट अनुसार, मिसौरी राज्यको स्थानीय गाँउमा तीन प्रहरी अधिकारीहरुले आफ्नो कुकुर छाडेको आरोपमा एक कालो जाततिका मानिसलाई सेप्टेम्बर २० मा गिरफ्तार गर्यो । जब यो घटनाको भिडियो चौतर्फी भाईरल भयो त्यसपछि आक्रोशित स्थानीय बासिन्दाले प्रहरी चौकीको अगाडि विरोध प्रदर्शन गरे ।

घटनामा संलग्न प्रहरीलाई बर्खास्त गरी उनीहरु विरुद्ध आपराधिक मुद्दा चलाउन अनुरोध गरे, तर पु्रहरीले सो घटनाको बारेमा अनुसन्धान गर्ने प्रतिबद्धता जनाए पनि ती प्रहरी अधिकारीलाई कारबाही गरिएन । गत वर्ष पनि प्रहरीले अश्वेत नागरिक जर्ज फ्लोईडको घाँटी च्यापेर हत्या गरेको थियो । प्रहरीले फ्लोईडको हत्या गरेको विरोधमा अमेरिका भरी आगो सल्किएको थियो । इतिहास हेर्ने हो भने, जब अमेरिकी प्रहरी अश्वेत मानिसहरुको हत्या तथा दुव्र्यहार गर्ने गर्दछ तब दुर्व्यवहार गर्ने श्वेत पुलिस अधिकारीहरुलाई कारबाही गर्नुको साटो टालटुल गर्ने गर्दछ । जब प्रहरी अश्वेत नागरिकमाथि दुव्र्यहार गर्दछ तब घटनाहरु थामथुम पार्न निर्णायक उपाय खोज्दछ तर जब समयसँगै जनताको क्रोधको बहाव कम हुन्छ, तब ती केसहरुलाई छाडिदिन्छ ।

एक रिपोर्ट अनुसार जो श्वेत प्रहरीद्धारा कालो जातिका मानिसहरु मारिन्छन्, ती मध्ये ९० प्रतिशत अश्वेतहरु स्वतन्त्र रुपमा सडकमा हिडिरहेका बेला मारिन्छन् । किनभने अमेरिकाको न्यायिक प्रणाली जो कथित रूपमा निष्पक्षता र न्यायमा आधारित छ । पछिल्ला विभिन्न घटनाहरुले देखाउँछ कि अश्वेत नागरिकमाथि अमेरिकाले पूर्वाग्रह राख्ने गर्द छ । अहिले अमेरिकामा जातीय भेदभाव झनै गम्भीर हुँदै गइरहेको छ।

संयुक्त राज्य अमेरिकामा मार्टिन लूथर किंग जूनियर दिवस मनाउँछ । सो दिवसका अवसरमा राष्ट्रिय बिदाको रूपमा तोकिएको छ । जसले काला जातिका समुदायप्रति सम्मान देखाउने देखावटी तरिका अपनाईएको छ । तर यो सबै एक राजनीतिक इशाराका लागि मात्र होइन, काला जातिका मतदाताहरु आफ्नो पक्षमा पार्ने यन्त्रका रुपमा प्रयोग गरिन्छ । तसर्थ जातीय भेदभाव अमेरिकीहरुको मनमतिष्कमा गाडिएको असाध्य पुरानो रोग हो, जसको उन्मूलन असम्भव छ। केसीएनएबाट ।

https://kcnawatch.org/newstream/1634205700-922856859/chronic-disease-peculiar-to-america-%e2%80%93-acts-of-racial-discrimination


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय