७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

राइ स्कुलका प्रिन्सिपलको रअसँगको भेटघाटले अविभावक र कर्मचारी आतंकित



काठमाडौं । राजधानीको राइ स्कुलका प्रधानाध्यापकको गतिविधि र उठबसलाई लिएर अविभावक संघका अध्यक्ष सुप्रभात भण्डारी, निजी बिद्यालयहरुको सँगठन प्याब्सन कार्यालय,विद्यालय प्रशासन, कर्मचारी र शिक्षक सबै सशंकित भएका छन् । विद्यालयका प्रधानाध्यापक सँधैजसो विदेशी दूतावासमा छिरेपछि उक्त आशंका जन्मिएको हो ।

पछिल्लो पटक विद्यालयका प्रिन्सिपल कृति पाण्डे अस्ति फूलपातीका दिन नेपालका लागि भारतीय खुफिया एजेन्सी ‘र’ का नेपाल प्रमुख राघवप्रसाद भट्नागरलाई भेट्नु छ भन्दै अपरान्ह दूतावास छिरेका थिए । उनी लामो भेटघाटपछि बेलुका अबेर मात्र दूतावासबाट निस्किएको उनैका ड्राइभरले स्कूलका अरु स्टाफहरुलाई बताए ।

अघिल्लो दिन पनि उनले भारतीय दूतावासमा त्यहाँको शिक्षा मामिला हेर्ने प्रथम सचिव रोहितकुमार शर्मासँग भेटेका थिए । त्यसअघि शुक्रबार दूतावासका शिक्षा तथा राजनीतिक विभाग प्रमुख मिश्र र प्रिन्सिपल पाण्डेबीच दूतावासभित्रै लञ्च मिटिङ भएको उनैको पारिवारिक स्रोतको दाबी छ । राइ स्कूल भारतको सेन्ट्रल बोर्ड अफ सेकेण्डरी एजुकेसन (सीबीएसई) मा आबध्द नेपाली शैक्षिक संस्था हो । यो विद्यालय नक्साल बालमन्दिरसँगै छ ।


प्रतिक्रिया दिनुहोस !