७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७२ जना कोरोना संक्रमित थपिएका छन् । ४ हजार ७१२ वटा नमुनाको परीक्षण गर्दा २७२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २७७ पुगेको छ ।

त्यस्तै, शुक्रबार ७७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्य काठमाडौंमा ८९, भक्तपुरमा ११ र ललितपुरमा १८ र भक्तपुरमा ११ जना संक्रमित थपिएका हुन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १३ हजार ३०८ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !