१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३-० गोलले पराजित



काठमाडौं । नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा नेपाल भारतसँग ३-० गोलले पराजित भएको छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको दोस्रो हाफको शुरुवातमा नै भारतले दुई गोलको अग्रता लिएको थियो । भारतका कप्तान सुनिल क्षेत्रीले भारतलाई खेलको ४९ औँ मिनेटमा अग्रता दिलाए भने लगत्तै ५० औँ मिनेटमा सुरेश सिंहले भारतको अग्रता दोब्बर बनाए । यस्तै खेलको ८९ औं मिनेटमा साहल अब्दुलको गोलको कारण नेपालले फाइनल खेल ३–० ले गुमाएको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय