४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

लोकसेवा आयोगलाई गाली गरेपछि एक युवकलाई एक वर्ष कालोसूचीमा राखियो



काठमाडौं । प्रदेश २ को लोकसेवा आयोगलाई गालीगलौज गरेको भन्दै एक युवक कालोसूचीमा परेका छन् । प्रदेश लोकसेवा आयोगलाई तथानाम गालीगलौज गर्दै आयोगको इमेलमा प्रतिक्रिया दिएपछि महोत्तरी एकडाडा गाउँपालिका स्थित बथनाहाका प्रनित कुमार झा एक वर्षका लागि कालोसूचिमा परेका हुन् । कर्मचारी भर्नाको लागि आयोगले गरेको विज्ञापनमा अनलाइन मार्फत प्रनित कुमार झाले दरखास्त दिएका थिए । उनले अनलाइन फारम भर्ने क्रममा कुनै पनि प्रमाणपत्र पेस गरेका थिएनन् । प्रमाण अपुग रहेको भन्दै आयोगले इमेलमार्फत् जवाफ माग गरेको थियो । तर उनले आयोगको इमेलको जवाफ दिनुको साटो अपशब्द गालीगलौज गरेको प्रदेश लोकसेवा आयोगले जनाएको छ । असोज ६ मा पत्रिकामा सूचना प्रकाशन गरी उनलाई कालोसूचिमा राखेर कारबाही गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !