१५ मंसिर २०७९, बिहीबार
 |   Thu Dec 1 2022
Logo

उदयपुरमा डेंगु नियन्त्रण गर्न फगिङ अभियान सुरु



उदयपुरको त्रियुगा नगरपालिकाले डेंगु नियन्त्रणका लागि फडिङ अभियान थालेको छ । नगरपालिकाले दसैँ भित्रै नगरको तराई र भित्रि मधेशको सबै वडामा फगिङ ( औषधि छिर्काउँ कार्यक्रम) सुरु गरेको  छ ।

नगर क्षेत्रको तराई र भित्रि मधेशमा पर्ने वडा नम्बर १ देखि १३ सम्म फडिङ गर्ने कार्यक्रम अनुरुप औषधि छर्ने काम भइरहेको त्रियुगा नगरपालिका नगरले जानकारी दिएको छ। नगरको १६ वडामध्ये १४, १५, १६ पहाडी भेग पर्ने भएकाले त्यसबाहेको क्षेत्रमा फगिङ गर्ने काम भइरहेको छ ।

सिटी सवारीमा फगिङ गर्ने मेसिन राखेर प्रत्येक टोलटोलमा पुगेर औषधि छर्किने काम भइरहेको नगरपालिकाले जानकारी दिएको छ।   उनका अनुसार डेल्टामेथ्रिन १.२५ नामक कीटनाशक औषधिलाई डिजलमा मिसाएर छर्किने गरेको बताउँछन् । त्रियुगा नगरपालिकाले विगत तीन वर्षदेखि नियमित रूपमा फगिङ गर्दै आएको छ ।

दसैँभित्रैबाट सुरु गरिएको फडिङ अभियान त्रियुगा नगरपालिकाको बजार क्षेत्रका १०, ११, १२, १३ नम्बर वडामा सकिएको स्वास्थ्य शाखा उपप्रमुख अबधनारायण चौधरीले  चौधरीले बताए । उदयपुरमा तीन वर्षअघि कटारी, त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका क्षेत्रमा ३६ जनामा डेंगु संक्रमण भेटिएको  थियो ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: