१५ मंसिर २०७९, बिहीबार
 |   Thu Dec 1 2022
Logo

क्रान्तिकारी माओवादीका महासचिव वैद्य नर्भिक अस्पताल भर्ना



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा अचानक समस्या भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गराइएको हो । वैद्यलाई दम बढेको बताइएको छ । समस्या बढेपछि आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको र उनको छातीको एक्सरे लगायत जाँच गरिएको जनाइएको छ । छातीमा सामान्य दागसमेत देखिएकोले त्यसैमा केन्द्रित रहेर उपचार गरिएको जनाइएको छ । उमेरले समेत वृद्धावस्थातिर ढल्किएका नेता वैद्य लामो समयदेखि दमको समस्याले पीडित छन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: