८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

तेह्रथुममा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यृ



तेह्रथुम : तेह्रथुममा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । म्याङलुङ नगरपालिका-९ पाटीगाउँका ६२ वर्षका दलबहादुर लिम्बूले मापासे सेवन गरी कुटपिट गर्दा आफ्नै श्रीमती ५५ वर्षीया  दिलकुमारी लिम्बूकाे मृत्यु भएकाे  जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

घटनास्थलबाट फलामको धारिलो हतियार बरामत गरिएको र प्रारम्भिक अनुसन्धानमा हत्या भएको हुन सक्ने प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिएका छन । श्रीमतीको शरीर तथा अनुहारमा चोट देखिएको प्रहरीकाे भनाइ छ । मृतक दिलकुमारीको शवकाे पाेस्टमार्टम जिल्ला अस्पतालमा तेह्रथुममा गरिएको छ । आराेपी दलबहादुरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेकाे छ । 


प्रतिक्रिया दिनुहोस !