१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

८ जिल्लाका सिडिओ फेरिए, चारजना सहसचिव र आठ उपसचिवको काज सरुवा



काठमाडौं । गृह मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयगर्दै दसैं बिदापछि कार्यालय खुलेकै दिन ८ जिल्लाका प्रजिअसहित गृह अन्तरगतका कर्मचारीको सरुवा गरेको हो । मन्त्रालयका अनुसार किरण थापा कैलाली, कैलालीका खगेन्द्र रिजाल मन्त्रालय, जगन्नाथ पन्त मन्त्रालयबाट पाल्पा, हरि प्रसाद घिमिरे अर्घाखाँची, बिष्णु पौडेल मन्त्रालय, वेदनिधि खनाल सिन्धुपाल्चोक, माधव ढकाल बिपद जोखिम प्राधिकरण, वेदनिधि अधिकारी डोल्पा, नेत्र शर्मा मुस्ताङ, श्रीनाथ पौडेल मन्त्रालय, राजु पौडेल स्याङ्जा, दिपक नेपाल मन्त्रालयमा सरुवा भएको हो । यस्तै चारजना सहसचिव र आठ उपसचिवको काज सरुवा भएको हो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय