७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

भारतलाई गाली गर्न चीन-भुटान सम्झौता, अजय देवगनको जस्तै ठट्टा गर्दै चिनियाँहरु !



काठमाडौं । चीन र भुटानको बीचमा सीमा समाधान गर्नका लागि तीन चरणको सम्झौतामा हस्ताक्ष भएपछि त्यसको भारतमा तरंग फैलिएको छ । भारतले चिनियाँ पत्रिकाको टिप्पणीलाई अजय देवगनको जस्तै ठट्टा भनेर टिप्पणी गरेको छ । भारतीय पत्रिका द प्रिन्टले दुई देशको बीचमा भएको सम्झौता भारतलाई गाली गर्नका लागि मात्र गरेको बताएको छ । सो पत्रिका भन्छ, चीन र भुटान एउटा सहमतिमा के पुगेका थिए, चिनियाँ सरकारी मिडियाले नरेन्द्र मोदीको भारतलाई गाली गरि हाल्यो । धेरै विवरण उपलब्ध छैनन् तर भुटानसंग समझौता बेइजिंगले त्यसलाई आफ्नो जीतको रुमा स्वागत गरेको छ ।

१४ अक्टोबरमा लामो समयदेखि चलेको क्षेत्रीय विवादको समाधानका लागि ुभुटान(चीन सीमा वार्तालाई छिटो छिटो अघि बढाउन तीन चरणको रोडम्याप शीर्षकको सम्झौतामा चिनियाँ विदेशमन्त्री वु जियांगहाओ र भुटानका विदेश मन्त्री डान्डी दोर्जेले हस्ताक्षर गरेका थिए। त्यस्तै सो पत्रिका भन्छ, यसले चीनलाई नियन्त्रण गर्ने र देशको बिरुद्ध क्षेत्रीय विवाद हतियार बनाउने मोदीको प्रयासलाई पनि झट्का दिन्छ। भुटानले भारतको आग्रह अनुसार चीनलाई खतराको रुपमा लिएको छैन ।

१३ अक्टोबरमा चिनियाँ विदेश मन्त्रालयले भारतीय उपराष्ट्रपति वेंकैया नायडूको अरुणाचल प्रदेश भ्रमणको विरोध गरेको थियो। चिनियाँ सरकारले कथित अरुणाचल प्रदेशलाई भारतले एकतर्फी र अवैध रुपमा स्थापित गरेको कहिल्यै मान्यता दिएको छैन, र ती क्षेत्रहरुमा भारतीय नेताहरुको भ्रमणको कडा विरोध गर्दछ चिनियाँ मन्त्रालयका प्रवक्ता झाओ लिजियानले एक प्रेस ब्रीफिंगमा भने। त्यस्तै भारत चीनको रक्षा रणनीतिको एक महत्वपूर्ण घटकको रूपमा उभिएको भन्ने एक चिनियाँ प्राध्यापकको भनाईको पनि द प्रीन्टले आलोचना गरेको छ ।


प्रतिक्रिया दिनुहोस !