११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

माओवादी केन्द्रको स्थायी समिति बैठक शुरु



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुरु भएको छ । पार्टी मुख्यालय पेरिस डाँडामा बोलाइएको बैठक बिहान साढे ८ बजेबाट बसेको हो । स्थायी समिति सदस्यहरुमध्ये अर्थमन्त्री जनार्दन शर्मा,ऊर्जा मन्त्री पम्फा भुसाल, शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेल, प्रवक्ता कृष्णबहादुर महरालगायतको उपस्थिति रहेको छ । त्यसैगरी बैठकमा स्थायी समिति सदस्य मातृकाप्रसाद यादव, हरिबोल गजुरेल,गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, शक्ति बस्नेत, नारायणकाजी श्रेष्ठलगायत सबैजसोको उपस्थिति रहेको पेरिसडाँडाको बैठकमा सहभागी एक जना नेताले जानकारी दिनुभएको छ ।


प्रतिक्रिया दिनुहोस !