१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

ओली सरकारले नियुक्त गरेका राखेपका सदस्य सचिव सिलवालसहित ३ जना बर्खास्त !



काठमाडौं । सरकारले पूर्ववर्ती केपी ओली सरकारका पालामा नियुक्त भएका पदाधिकारीहरुलाई बर्खास्त गर्ने क्रम तीब्र पारेको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ । त्यस्तै राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोक्कालाई पनि बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । उनीहरु तीनैजना हटाउने कानूनी प्रक्रिया पुर्याउन दशैंअघि नै स्पष्टीकरण सोधिएको थियो । राखेप सदस्य सचिव सिलवालसँगै स्पष्टीकरण सोधिएका ढुंगेल र रोक्कालाई पनि बर्खास्तीको पत्र दिने तयारी भइरहेको एक मन्त्रीले बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय