१५ मंसिर २०७९, बिहीबार
 |   Thu Dec 1 2022
Logo

१२ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९ सय १६ पीसीआर परीक्षण गर्दा ९ सय ५७ जना र १ हजार १ हजार ७ सय ७६ जनाको एन्टिजेन परीक्षण गर्दा १३९ गरी १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै पीसीआर परीक्षणबाट कोरोना पोजिटिभ देखिनेको संख्या ८ लाख ६५ हजार १७ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या ११ हजार ८१५ जना रहेको छ ।

२४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ हजार ४ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ७ लाख ८३ हजार ३९७ पुगेको छ । २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ३०५ पुगेको छ । २४ घण्टामा खोप लगाउनेको संख्या १ लाख ६३ हजार २६ रहेको छ । पीसीआर परीक्षणको संख्या भने ४३ लाख ३६ हजार ६१८ पुगेको छ भने क्वारेन्टाइनमा रहनेको संख्या २२८ छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: