१४ मंसिर २०७८, मंगलवार
 |   Tue Nov 30 2021
Logo

केही तत्वले बखेडा झिके पनि एमसीसी नेपालको हितमै छ : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त भएको बताएका छन् । गोरखापत्र दैनिकलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री देउवाले वर्तमान सरकारलाई परमादेश र जनादेश दुवै प्राप्त भएको बताएका हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकारलाई ‘परमादेशबाट बनेको सरकार’ भनेर आलोचना गर्दै आएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै विपक्षी गठबन्धनको तर्फबाट नयाँ सरकारमा दाबी प्रस्तुत गरेका देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि ओलीले सरकार छाड्नु परेको थियो । त्यतिबेलादेखि नै एमालेले वर्तमान सरकारलाई जनादेश प्राप्त नभएको र यो परमादेशबाट बनेको भन्दै आएको छ ।

गोरखापत्रको एक प्रश्नमा देउवाले भनेका छन्, ‘सम्मानित सर्वोच्च अदालतले संविधानको व्याख्या गरेर मलाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो । यो सरकार परमादेशका साथै जनादेशबाट बनेको हो । मेरो नेतृत्वको सरकारलाई विश्वासको मत दिंदा १६५ सांसदको समर्थन प्राप्त भएको छ, सरकारलाई राम्रो बहुमत प्राप्त छ । त्यसैले यो सरकार परमादेशको मात्रै नभई जनादेश प्राप्त सरकार हो ।’

प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी मुलुकको हितमा भएको भन्दै देउवाले यसमा विवाद गर्न आवश्यक नरहेको पनि बताएका छन् । एमसीसी अमेरिकाले दिएको विकास अनुदान भएको बताउँदै देउवाले भनेका छन्, ‘एमसीसी नेपाललाई दिइएको ग्रान्ट हो । ब्याजमा होइन यो । ऋण होइन, अनुदान हो । केही तत्व छन् नेपालमा, तिनले एमसीसीको नाममा बखेडा गर्न खोजेका छन् । त्यसैले एमसीसी विशुद्ध नेपालको हितमा छ ।’


प्रतिक्रिया दिनुहोस !


एमाले महाधिवेशन : मतगणना जारी, ओलीको अग्रता



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नयाँ नेतृत्व चयनका लागि आज विहान मात्रै सम्पन्न भएको निर्वाचनको मतगणना जारी छ । मत गणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले सुरुदेखि नै अग्रता लिएका छन् ।

ओलीले ९९६ मत पाउँदा अर्का प्रत्यासी भीम रावलले १११ मत पाएका निर्वाचन समितिले जनाएको छ । चितवनमा आयोजित एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि मंगलबार बिहान ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान भएको थियो ।दुई हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको जानकारी गराइएको छ । महाधिवेशनअन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिवसहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पदमा निर्वाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

एमाले अध्यक्षमा पुनः ओली : ओलीलाई १९०० मत, रावलको पक्षमा १९६ मत पर्‍यो



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन् । चितवनको सौराहामा भएको १०औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा प्रतिस्पर्धी डा भीम रावललाई भारी मतान्तरले हराउँदै अध्यक्षमा पुनः ओली निर्वाचित भएका हुन् ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार खसेको २ हजार ९६ मतमध्ये ओलीले १९०० मत र भीम रावलले १९६ मत प्राप्त गरेका छन् । आज (मंगलबार) विहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको थियो । जहाँ २ हजार १५३ मतदातामध्ये २ हजार १९६ मत खसेको थियो ।त्यसोत, एमाले नेता विष्णु रिजालले यस अगाडि नै १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक र शपथ ग्रहण सौराहामा नै हुने जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस !

राखेपका नवनियुक्त सदस्य सचिव घिसिङले लिए शपथ



काठमाडौं, १४ मंसिर 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री महेश्वरजंग गहतराजले घिसिङलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।

घिसिङलाई सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सदस्य सचिवमा नियुक्त गरेको थियो । शपथ ग्रहणपछि सदस्य सचिव घिसिङले संविधान र खेलकुद विकास ऐन २०७८ अनुरुप काम गर्ने बताए ।

आज नै उनले पदभार ग्रहण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: