१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

उत्तर कोरियाद्वारा पनडुब्बीबाट मार हान्ने शक्तिशाली मिसाईल परिक्षण



एजेन्सी । उत्तर कोरियाले फेरि नयाँ क्षेप्यास्त्र परिक्षण गरेको छ । समुन्द्र मुनी तैनाथ पनडुब्बीबाट गरिएको सफल परीक्षण अत्याधुनिक प्रविधिको भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । यसअघि सन् २०१६ मा युद्धपोतबाट परीक्षण गरिएको क्षेप्यास्त्र भन्दा शक्तिशाली र आधुनिक भएको बताइएको छ । उत्तर कोरियाले हालैका हप्ताहरुमा विभिन्न लामो तथा छोटो दुरीका मिसाइलहरु परीक्षण गरिरहेको छ । पछिल्ला परीक्षणहरु अन्तर्राष्ट्रिय रुपमा प्रतिबन्ध लगाइएका मिसाइल पनि रहेको समाचारमा जनाइएको छ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई व्यालेस्टिक मिसाइल र आणविक हतियारको परीक्षण गर्न प्रतिबन्ध लगाएको छ ।


प्रतिक्रिया दिनुहोस !