१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

हुम्लामा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु, दुई जना बेपत्ता



हुम्ला । वर्षासँगै आएको पहिरोले घर पुरिँदा खार्पुनाथ–५ खर्पेलगाउँमा खार्पुनाथ–५ खर्पेलगाउँमा ४ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । मंगलबार राति गएको पहिरोले खर्पेलगाउँस्थित बिचदउडाका धनबिरे शाहीको घर पुरिएको हो । रातिको समय भएकाले उद्धारमा कठिनाइ भएको र बुधबार बिहान संयुक्त सुरक्षा टोलील उद्धार गर्दा ४ जना मृत अवस्थामा भेटिएको हो ।

पहिरोले पुरिएर कलबहादुर शाहीकी श्रीमती आसा शाही, ५ र ३ वर्षीय २ छोरासहित ४ जनाको मृत्यु भएको छ । धनबिरे शाही र १४ वर्षीइ छोरा अलेन्द्र शाहीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी हेरम्ब शर्माले बताए । पुरिएको घरको गोठमा रहेका गाईगोरुलाई भने जिवितै उद्धार गरिएको डिएसपी शर्माले बताए ।


प्रतिक्रिया दिनुहोस !