१५ मंसिर २०७९, बिहीबार
 |   Thu Dec 1 2022
Logo

नेकपा एसको केन्द्रीय सदस्य छाडेर तीन जना एमालेको प्रदेश कमिटीमा फर्किए



फाईल तस्विर

काठमाडौं । नेकपा एकीकृत समाजवादीका दुईजना केन्द्रीय सदस्य एमालेमै फर्किएका छन् । रामेछापका झम्क कडेल, ललितपुरका प्रेम महर्जन र मिठाराम केसीलाई नेकपा एसले हालैमात्र ३३५ सदस्यीय केन्द्रीय कमिटीमा समेटेर कार्यविभाजन समेत गरेको थियो । केसी भने सल्लाहकार सदस्यमा थिए । तीनैजना बुधवार आयोजित एमालेको वागमती प्रदेश कमिटी बैठकमा सहभागी भएको अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए । उनीहरू एमालेको प्रदेश कमिटी सदस्यमा थिए । पाँच दिनमै उनीहरू नेकपा एसको जिम्मेवारी छाडेर एमालेको प्रदेश कमिटीमा सक्रिय भएका हुन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: