७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

उठाउने बेलाको धानबाली वर्षाले सखाप, चिन्तामा किसान



गौरीगंज( १ का किसान हरिप्रसाद श्रेष्ठले चार बिघा क्षेत्रफलमा धान खेती लगाएका थिए । कतै धान पाक्न सुरु भएको थियो, कतै पसाउन सरु भइसकेको थियो । तर, बेमौसमी अविरल वर्षाले उनको धान खेती सखाप पार्‍यो ।

धानमा अहिले कन्काई माई नदीको ठूलो भङ्गालो कुदिरहेको छ । ‘अब त धान घरमा भित्र्याउने आस छैन । धानबालीमा नदी कुदिरहेको छ । यस्तो देख्दा कसको मन मान्छ र रु’, उनी भन्छन्, ‘किसानलाई सधैँ समस्या । जसरी पनि किसानलाई नै समस्या हुन्छ ।’

यस पटक धानका बाला पनि राम्रो लागेको थियो । विगतको तुलनामा धेरै धान घरमा भित्र्याउन पाइन्छ कि भन्ने आसमा थिए हरिप्रसाद ।

धान पाक्ने बेलामा यसरी सखाप हुने उनले कल्पना नै गरेका थिएनन् । ‘हामी सधैँ माई नदीका बाढीपीडित हौँ । अरू बेला धान रोप्ने बेलामै बाढीले खेत बगाउँथ्यो । यस पटक धान त मजाले रोप्न पायौँ’, उनी भन्छन्, ‘कात्तिकमा त कल्पना नै गरेका थिएनौँ । यस्तो के भएका होला रु अचम्ममा छौँ । असार(साउनमा नआएको बाढी कात्तिकमा आएर पाक्न लागेको सबै धान लगिदियो ।’

गौरीगंज( १ का भगतलाल राजवंशीले एक बिघा क्षेत्रफलमा ऋण गरेर खेती लगाएका थिए । धान फलाएर बेचेर तिर्ने शर्तमा खेतीका लागि लिएको २० हजार रुपैयाँ ऋण अझै उनको थाप्लोमा छ । तर, धान बेचेर ऋण तिर्ने उनको सपना चकनाचुर भएको छ । उनले ट्याक्टर लगाउन, रासायनिक मल खरिद गर्न र जनमन लगाउन ऋण लिएका थिए ।

‘ट्याक्टरलाई त धान उठाएर दिने भन्ने शर्त थियो । जनमन र मलको खर्चचाहिँ ऋण लिएर तिरेँ’, उनी भन्छन्, ‘अब कसरी ऋण तिर्ने रु भएको धान खेत बगर भयो । हाम्रो त वर्षभरि खाने मेलो नै यही खेत हो । अब एक कसरी जीवन चलाउने होला र ?

राजवंशीले धान रोपेको खेतमा अहिले कन्काई माई नदी बगिरहेको छ । ‘बरु असारमै यस्तो भएको भए ऋण त लाग्ने थिएन’, उनी भन्छन्, ‘यत्रो खर्च र मिहिनेत गरेर पाक्ने बेलामा यस्तो भयो ।’

जिल्लामा अधिकांश ठाउँमा धानबाली नष्ट भएको छ । कतै पाक्ने अवस्थामा त कतै पसाउन लागेको धानमा ठूलो क्षति पुगेको हो । पाक्न लागेको धान पानीमा डुबेको छ । कृषि ज्ञानकेन्द्र झापाका अनुसार यस वर्ष झापामा ८७ हजार ५०० हेक्टरमा धान खेती भएको थियो । ५० प्रतिशत धानबालीमा क्षति पुगेको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख नीलकमल सिंहले जानकारी दिए । खेतमा अझै केही दिन धान डुबे कामै नलाग्ने अवस्थामा पुग्ने उनले बताए ।

‘केही धान त पाक्ने अवस्थामा थियो । धेरै धान लडेको छ । अब यो उठाउन संभव छैन । ५० प्रतिशत धानबालीमा क्षति पुगेको छ । विवरण संकलन गर्ने काम पनि धमाधम भइरहेको छ’, उनले भने, ‘बिउका लागि त अब यो धान काम लाग्दैन । पानी जमेको खेतलाई सुख्खा बनाएर डुबेको धान सुकाउन सके खाद्यान्नका लागि काम लाग्न सक्छ ।’धानबालीबाहेक कृषकले लगाएको सागसब्जीमा समेत बेमौसमी वर्षाले असर पारेको ज्ञानकेन्द्रले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय