१५ मंसिर २०७९, बिहीबार
 |   Thu Dec 1 2022
Logo

पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७ पुग्यो



काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरो र डुबानमा परी बुधबार साँझसम्म मृत्यु हुनेको संख्या ७७ पुगेको छ । गृहमन्त्रालयका अनुसार सबैभन्दा बढी मानवीय क्षति पाँचथरमा परेको छ । पाँचथरमा २४ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । पाँचथरको इलमामा पहिरोमा परी १३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् भने ३ जना बेपत्ता भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कालिकोटमा एक, बैतडीमा चार, डडेलधुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्यूठानमा एकरएक, धनकुटामा सात, मोरङमा एक, सुनसरीमा दुई र उदयपुरमा दुई जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परेर बझाङमा सबैभन्दा बढी २१ जना बेपत्ता रहेको पनि महाशाखाले जनाएको छ । हालसम्म बेपत्ता हुनेको संख्या २७ पुगेको छ भने घाइतेको संख्या २२ पुगेको छ


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: