१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

छोरीले प्रेम विवाह गरेपछि एक पुरुषले आफ्नै परिवारका ७ जनालाई ज्युँदै जलाए



एजेन्सी । छोरीले आफूखुसी विवाह गरेको भन्दै पाकिस्तानमा एक पुरुषले आफ्नै परिवारका सात जनालाई ज्युँदै जलाएका छन् । छोरीले आफ्नो इच्छा विपरित प्रेम विवाह गरेको र आफ्नो आत्मसम्मान गुमेको भन्दै पाकिस्तानका मन्जुर हुसेनले परिवारका सात सदस्यलाई ज्युदै जलाएका हुन् । इन्डिसेन्डेन्ट रिपोर्टका अनुसार उक्त घटना पाकिस्तानको पन्जाव प्रान्तस्थित मुजाफरगढ जिल्लाको हो । हुसेनले आफ्ना दुई छोरी र पाँचवटा नातिनातिनीलाई ज्युँदै जलाएका हुन् ।

हुसेनले छोरी फौजिया बिबिले आफ्नो इच्छा विपरित प्रेम विवाह गरेको भन्दै उनी श्रीमान र नाबालक छोरासहित माइतीमा बसेको बेला आगो लगाएर हत्या गरेका हुन् । प्रहरी अधिकृत अब्दुल मजिदले रोयटर्सलाई बताएअनुसार मृतक फौजिया र अहमदले सन् २०२० मा प्रेम विवाह गरेका थिए । उनीहरुको प्रेम विवाहका कारण दुई परिवारबीच टकराव पैदा सुरु भएको थियो । फौजियाका पिता मन्जुर हुसेन छोरीको वैवाहिक सम्बन्धविरुद्ध थिए ।


प्रतिक्रिया दिनुहोस !