८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

के को दश बुँदे ? औचित्य समाप्त भई सक्यो : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य समाप्त भएको बताउनुभएको छ । पार्टी फुटबाट जोगाउन सकिन्छ कि भनेर १० बुँदे गरिएको तर, माधव नेपालले पार्टी फुटाएसँगै त्यसको औचित्य सकिएको उहाँको भनाइ छ । एमालेमा तत्कालीन माधव नेपाल समूह छोडेर बसेका ‘तेस्रो धार’का नेताहरुले १० बुँदे कार्यान्वयनमा जोड दिइरहेका बेला ओलीको यस्तो धारणा आएको हो । के को दश बुँदे ? हामीले अझैपनि माधव नेपालसँग झुक्किएर गएकालाई आऊ भनिरहेका छौँ । तर, माधव नेपाललाई नो इन्ट्री’ आज पार्टीको बाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो ।

‘अब १० बुँदे-१० बुँदे ट्यान्ड्याङ, ट्यान्ड्याङ गरिरहन आवश्यक छैन, माधव आउँछन् कि, पार्टी फुटाउँदैन कि भनेर १० बुँदे गरियाथ्यो, अब केको १० बुँदे ? उपाध्यक्ष भीम रावल,घनश्याम भुसाललगायतका नेताहरुले १० बुँदे अनुसार पार्टीमा जिम्मेवारी नपाएको गुनासो गरिरहेका बेला ओलीले माधव नेपाल छोडेर आउनेलाई उचित भूमिका दिने पनि बताउनुभयो । माधव नेपाललाई भने कुनै हालतमा एमालेमा ल्याउन नसकिने उहाँको भनाइ छ । एमालेमा अन्तरसंघर्ष चर्किंदै जाँदा आन्तरिक एकताका लागि भन्दै १० बुँदे सहमति भएको थियो । उक्त सहमतिप्रति असन्तुष्टि जनाउँदै माधव नेपालले छुट्टै पार्टी दर्ता गरे पनि माधव समूहका १० जना स्थायी कमिटी सदस्य भने एमालेमै फर्किएका थिए ।


प्रतिक्रिया दिनुहोस !