१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

मुख्यमन्त्री शाक्यको विश्वासको मत प्रस्तावमाथि छलफल सुरु



हेटौँडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मत प्रस्तावमाथि छलफल सुरु भएको छ । प्रदेशसभाको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि छलफल सुरु भएको हो । मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि गएको असोज २४ गते प्रदेशसभामा प्रस्ताव पेश गरेकी थिइन्। बैठकको सुरुमै सभामुखले मुख्यमन्त्री शाक्यलाई आफ्नो भनाइ राख्ने समय दिएका छन् । विश्वासको मतसम्बन्धी प्रस्ताव बिहीबार प्रदेशसभामा निर्णयार्थ प्रस्तुत हुनेछ। शाक्यले गएको भदौ २ गते नेपालको पहिलो महिला मुख्यमन्त्रीका रूपमा शपथ लिएकी हुन्।


प्रतिक्रिया दिनुहोस !