१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

५४५ जना कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा ५४५ जना कोरोना संक्रमित थपिएका छन्। जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरिएको ६ हजार ५८६ पीसीआर र १ हजार ९६३ जनाको एन्टीजेन परीक्षणका क्रममा ५४५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ८ लाख ७ हजार ५२२ पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कूल संक्रमितमध्ये ११ हजार ३१५ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ७२६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ८४ हजार ८८१ पुगेको छ। यही अवधिमा ८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय