२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

थपिए ७०८ कोरोना संक्रमित, ११ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७०८ जना कोरोना कोरोना संक्रमित थपिएका छन् । ७ हजार २ सय ५३ पीसीआर परीक्षण गर्दा ५७४ जना र २ हजार १२३ एन्टिजेन परीक्षण गर्दा १३४ गरी ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै नेपाल कोरोनाबाट मृत्‍यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ ।शुक्रबार ९३२ जना कोरोनामुक्त भएका छन् ।हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९४६ जना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: