२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

एमालेले थप्यो दुई केन्द्रीय सदस्य, भीम रावलको असहमति



नेकपा एमालेले केन्द्रीय समितिमा दुई जना मनोनीत गरेको छ ।

च्यासलमा सम्पन्न स्थायी समिति बैठकले रौतहटका कुन्दन कुशवाहा र बाराका मोहमद समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय पनि गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

यो निर्णयमा १० बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक भीम रावलले असहमति जनाएका छन् । विधि-पद्धति भन्दा पनि प्रभु साहले भनेको भनेर मनोनीत गरिएकामा उनले अहसमति जनाएका हुन् ।

यो निर्णय १० बुँदेको विपरीत भएको उनको भनाइ छ । ‘कुनै छलफल नगरी, विधि-पद्धतिबिना दुई जना राख्ने कुरामा मेरो असहमति छ’, उनले भने ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: