४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

देख्नु’भो त एमालेमा १० बुदेँ भन्ने साथीहरुको बिजोग : माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमाले एकता गर्न बनाइएको १० बुँदे कार्यान्वयन कार्यदलको बिजोग देखिएको बताएका छन् । शनिबार पार्टीद्वारा सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा अध्यक्ष शुक्रबार कार्यदलका संयोजक भीम रावलले दिएको राजीनामाप्रति संकेत गर्दै १० बुँदेको बिजोग देखिएको बताए ।

उनले भने, ‘आदेशको पालना गर्‍यो भने स्यावास, उ बस्न पाउँछ । आदेको पालना गरेन भने कति ट्याउँ-ट्याउँ गरेको १० बुँदेको भनेर सुन्नुपर्छ । सुन्नु भएको छैन, १० बुँदेको ट्याउँ-ट्याउँ । अब १० बुदेँ भन्ने साथीहरुको कस्तो हरिबिजोग। ’एमालेमा अध्यक्ष केपी शर्मा ओलीको आदेश पालना गरे स्याबास भन्दै बस्न पाइने यदि आदेश पालना नगरे बस्न नपाइने पनि बताएका छन् ।एमालेमा कुनै सम्मान र छलपल नगर्ने शैलीको निर्माण भए पछि आफूहरुले एमालेबाट विद्रोह गरेर बाहिरिएको पउिनले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !