१४ मंसिर २०७८, मंगलवार
 |   Tue Nov 30 2021
Logo

विमलले मछिन्द्रबाट ए डिभिजन लिग खेल्ने



नेपाल राष्ट्रिय पुरुष फुटबल टोलीका सदस्य विमल घर्तीमगरले आगामी शहिद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र फुटबल क्लबबाट खेल्ने भएका छन् ।

युवा स्ट्राइकर विमल र साविक विजेता मछिन्द्र यस सिजन सँगै रहने निर्णय गरेका हुन् । गत सिजनसमेत मछिन्द्रबाट लिग खेलेका विमलले यस सिजनमा पनि खेल्ने निर्णय लिएका हुन् ।

क्लब स्रोतले न्युज कारखानालाई पुष्टि गर्दै युवा खेलाडी विमल यस सिजन क्लबसँग रहने बताएको हो । ‘यस सिजनसमेत विमल क्लबमै रहनेछन् । विमल र क्लब सम्झौता नवीकरण गर्न तयार भएका छौं,’ क्लब स्रोतले न्युज कारखानालाई बतायो ।

क्लबले भोलि (आइतबार) दिउँसो २ बजे पत्रकार सम्मलेन गरेर विमललाई क्लबमा अनुबन्धन गर्दैछ ।

गत सिजनमा विमलले मछिन्द्रबाट अन्तिम खेलमात्रै खेलेका थिए । भुटानमा कुवेतसँगको खेलअघि ‘डिस्को काण्ड’ मा मुछिएका विमललाई एन्फाले कारबाही गर्दा अन्तिम खेलमा मात्रै विमलले खेल्न पाएका थिए ।

यसअघि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण क्रममा विमलले घुँडाको एसियल गुमाएका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रस्तावपछि कतार एफएले विमलको शल्यक्रिया कतार अस्पेटार अस्पतालमा गरेको थियो । त्यसयता, नेपाल फर्किएका विमल रिकभरीको हुने तयारीमा छन् ।

गत सिजन अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र पहिलो पटक लिगको उपाधि हात पार्न सफल भएको थियो । अन्तिम खेलमा आर्मीलाई बराबर काफी थियो भने मछिन्द्रलाई जितको विकल्प थिएन ।

यसपटक क्लबले कप्तान विराज महर्जनलाई विदाई गर्दै सुजल श्रेष्ठ, विशाल राई, रन्जित धिमाल, देभेन्द्र तामाङ, रेजिन सुब्बा, अभिषेक रिजाल, मनिष डांगी, गोलरक्षक विशाल श्रेष्ठसँग सम्झौता गरिसकेको छ ।

मछिन्द्रले यसपटक प्रशिक्षकमासमेत ए लाइसेन्स प्राप्त प्रवेश कटुवालसँग सम्झौता नवीकरण गरिसकेको छ । यसअघि मछिन्द्रले एएफसी लाइसेन्स प्रक्रियामा जान पिस पोइन्ट बोर्डिङ स्कुलसँग सम्झौता गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !


बालिका मृत्युकाे विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप, नाै जना सुरक्षाकर्मी घाइते



कपिलवस्तु, १४ मंसिर

सवारी दुर्घटनामा बालिका मृत्युको विषयलाई लिएर प्रहरी र स्थानीयबीच झडप हुँदा नाै जना सुरक्षाकर्मी घाइते भएका छन् । यशोधरा गाउँपालिका ६ सुठौली कार्यालय नजिकै लु ३ त ७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा १२ वर्षीय बालिका सुमन यादवकाे मृत्यु भएकाे थियो ।

मृत्युको विषयलाई लिएर सवारी साधन तोडफोड गर्न खोजेका स्थानीयवासी र प्रहरीबीच झडप भएको हाे ।  स्थितिलाई नियन्त्रणमा ल्याउन प्रहरीले पाँच राउण्ड र सशस्त्र प्रहरीले ६ राउण्ड अश्रु ग्यास फायर गरेका थिए ।  झडपमा परी प्रहरी निरीक्षक विजय सिंह, प्रहरी सहायक निरीक्षक पराग यादव, प्रहरी हवलदार कैलासकोटी चौधरी, प्रहरी जवान भुवन घर्ती, बाल गोविन्द कुर्मी, अनिल थारु, राज कुमार तेली, विवेक खत्री र कमल थापा घाइते भएका छन् ।  

अश्रु ग्यास प्रहारपछि प्रहरीले भिड नियन्त्रणमा लिएको थियो । अहिले अवस्था सामान्य रहेको छ । 

प्रतिक्रिया दिनुहोस !

एमाले महाधिवेशन : २०९६ मत खस्यो, अब मतगणना सुरू हुने



चितवन, १४ मंसिर 

नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा दुई हजार ९६ मत खसेको छ । 

कुल मतदाता दुई हजार १५३ जना रहेकामा दुई हजार ९६ मत खसेको निर्वाचन अधिकृत कमद पाठकले जानकारी दिए । उनकाअनुसार अबको केहीबेरमै मतगणना सुरू हुनेछ । 

विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै नै परिणाम आउने बताइएको छ । मतदान सकिएसँगै मुचुल्का उठाउने काम भइरहेको र अब केही समयमै मतगणना सुरू हुने अधिकृत पाठकले बताए । 

मतगणना भएको दुई घण्टामै परिणाम आउने अध्यक्ष पदका उम्मेदवार भीम रावलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस !

विद्यार्थीहरुलाई प्राथमिक उपचार तालिम सम्पन्न



रोट्रयाक्ट क्लब अफ धरान घोपाले कार्मेल स्कूल, बुद्ध चौक र दिल्ली पब्लिक स्कुल, घोपामा प्राथमिक उपचार तालिम सञ्चालन गरेको छ ।

आफ्नो दीर्घकालीन परियोजना “पुनर्जीवन – जीवनको आशा” अन्तगर्त विद्यालयका विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूलाई प्राथमिक उपचार र यसको तरिकाहरु बारे सचेत गरिएको थियो ।

यसको मुख्य उद्देश्य विद्यार्थीहरूलाई रक्तश्राव, इपिस्टासिस(नाकबाट रगत बग्ने), फ्र्याक्चर, स्प्लिन्ट, कुकुरको टोकाइ र सर्पको टोकाइ जस्ता विपत्तिको बेला चाल्नु पर्ने कदम र लिनु पर्ने सावधानी बारे सचेत बनाउनु रहेको थियो ।

यस कार्यक्रम विद्यालय क्षेत्रमा करिब बिहान ११ बजेबाट विद्यार्थी, शिक्षक र क्लबका केही सदस्यहरू सहित १५० सहभागीहरूको उपस्थिति सहित सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: