१४ मंसिर २०७९, बुधबार
 |   Wed Nov 30 2022
Logo

जुमानु राईको दुई गोल



राष्ट्रिय फुटबल टोलीका सदस्य जुमानु राईको दुई गोल प्रेरित एफई खुमलटार भेट्रान्स क्लबले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा ललितपुर वार्ड नम्बर-१४ लाई पराजित गरेको छ ।

आइतबार बिहान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खुमलटारले लतिलपुर वार्ड नम्बर-१४ लाई ४-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । ललितपुरको लागि जुमानुले दुई गोल गरे । यस्तै राजकुमार घिरिङ र रितेश खड्काले एक-एक गोल गरे । खुमलटारका विनोद खड्कीले आत्मघाती गोल गरे ।

शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबको कप्तानसमेत रहेका जुमानु खेलको म्यान अफ दि म्याच जुमानु राई घोषित भए ।

प्रतियोगितामा सहभागी २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार पाउने छन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: