११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

क्षतिका आधारमा पीडित किसानलाई राहत दिँदै सरकार



सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ।

मंगलबार मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्विकृत गर्ने निर्णय गरेको बताए।

सरकारले बेमौसमी वर्षापछि बाढी र डुबानका कारण धानबालीमा भएको क्षतिको अध्ययन गर्न कात्तिक ८ गते कार्यदल गठन गरेको थियो। 

कार्यदलमा गृहमन्त्रालयका सचिवलाई संयोजक तोकिएको थियो। सदस्यहरुमा कृषि मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग मन्त्रालयका सचिव, सङ्घीय मामिला मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव छन्। कार्यदललाई तीन दिनको समयसीमा दिइएको थियो। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यदलले तयार पारेको कार्यविधिका आधारमा थप प्रक्रिया अगाडि बढ्ने जानकारी दिए।

बेमौसमी वर्षाका कारण देशभर झण्डै सात अर्ब रुपैयाँ बराबरको धानबाली नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ। मन्त्री कार्कीले क्षतिका आधारमा पीडितलाई राहत उपलब्ध गराइने बताए। 


प्रतिक्रिया दिनुहोस !