८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

६ वर्षपछि जोरपाटी सुन्दरीजल सडक कालोपत्रे हुँदै, कात्तिकमै सकिने



जोरपाटी–सुन्दरीजल खण्डको सडक कालोपत्रे गर्न लागिएको छ । यो सडक बिस्तारमा ७ किलोमिटर कालोपत्रे गर्नुपर्ने कार्य शुरु भएको ६ वर्षपछि यो सडक कालोपत्रे हुन लागेको हो ।

जोरपाटी सुन्दरीजल सडक यही कात्तिक २७/२८ गते कालोपत्रे गर्न लागिएको गोकर्णेश्वर नगरपालिकाले जानकारी दिएको छ ।

कालोपत्रे गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले बताएका छन् ।

काठमाडौ सडक बिस्तार आयोजनाद्धारा निर्माण गरिने उक्त सडक आयोजना समयमै निर्माण नहुँदा स्थानीयबासीले सास्ती बेहोर्नु परेको प्रमुख आचार्यको भनाइ छ ।

६ वर्षसम्म सडक काम नलाग्ने गरी तहसनहस भएको थियो । पानी परे हिलाम्मे घाम लागे धुलाम्मे हुने गरेको देखिन्छ ।

यो सडकको कारणले स्थानीयको स्वास्थ अवस्था र दैनिक जनजीवनमा गम्भीर प्रभाव पारेको स्थानीयले बताउँदै आएका छन् ।

विगतमा विविध प्राविधिक कारणले सडक निर्माण ढिलाइ भएपनि पछिल्लो समय निर्माण कम्पनी, विद्युत् प्राधिकरण र स्थानीय वडा सरकारबीच समन्वय नहुनुका कारणले यस्तो भएको स्थानीयहरुको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !