१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

आयल निगमले बढायाे इन्धनकाे मूल्य, अब पेट्राेल प्रतिलिटर १३६ रूपैयाँ



काठमाडौं, २४ कात्तिक

नेपाल आयल निगमले फेरि डिजेल पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।
यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १३६, मट्टितेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ ।

बढेको मूल्य आज मध्यरातदेखि लागि हुनेछ । यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो ।


प्रतिक्रिया दिनुहोस !