१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

हवाई उडानको टिकट पनि आजैबाट महंगियो, कुन ठाउँकाे कति ?



नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि नेपाल वायुसेवा सञ्चालक संघले पनि हवाई भाडामा वृद्धि गरी आइतबारदेखि लागू गरेको छ । निगमले गत बुधबार हवाई इन्धनमा प्रति लिटर ५ रुपियाँ बढाएर १ सय १ रुपियाँ पु¥याएपछि संघले पछिल्लो भाडा दरमा नयाँ फ्युल सरचार्ज थप गरी नयाँ भाडा दर निर्धारण गरेको हो । संघले प्रस्ताव गरेको दर नेपाल नागरिक उडडयन प्राधिकरणले समेत स्वीकृत गरिसकेको छ । निगमले हवाई इन्धनमा ५ रुपियाँ मूल्य बढाउँदा वायु सेवा सञ्चालकले फ्युल सरचार्जमा गन्तव्य अनुसार न्यूनतम ४५ रुपियाँदेखि अधिकतम २ सय २० रुपियाँ सम्म वृद्धि गरेका छन् । यात्राको समय र दूरीको आधारमा हवाई टिकटमा सो सरचार्ज रकम जोडिनेछ । पछिल्लो समय कोरोना लकडाउन खुलेपछि अन्तर्राष्ट्रिय रुपमा मूल्य वृद्धि भएको जनाउँदै झन्डै २ दर्जन चोटि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !