१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

राष्ट्र बैंकको व्याज दरमा अर्को लगाम, बैंककाे अधिकतम व्याज दर १०.०४ प्रतिशत,कस्काे कति?



केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आइतबार एक निर्देशन जारी गर्दै व्याज दर धेरै बढ्न नदिने नीतिगत व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले अघिल्लो महिना सोही वर्गका सबैं संस्थाले प्रकाशित गरेको अधिकतम व्याज दरको औसत र न्युनतम व्याज दरको औसतमा १० प्रतिशतले मात्र व्याज दर वृद्धि गरी प्रकाशित गर्नुपर्ने निर्देशन दिएको हाे । यस निर्देशनले व्याज दर वृद्धि हुँदा सबै बैंकहरुको व्याज दर बढ्दा पनि समान रुपले मात्र वृद्धि हुन सक्नेछ जसले गर्दा गत महिना भएको बैंकहरुबीच एक अर्कामा निक्षेप तानातान गर्ने अस्वस्थ प्रतिस्पर्धा अन्त्य हुनेछ ।

कार्तिक महिनामा अधिकांश वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा ९.३६ प्रतिशत र कुनै कुनै वाणिज्य बैंकहरुको निक्षेपमा ८ प्रतिशतसम्म पनि रहेकाले तिनीहरुको औसत निकाल्दा भने अघिल्लो महिनाको अधिकतम भन्दा पनि कम व्याज दर हुनेछ। अघिल्लो महिना बैंकहरुले प्रकाशित गरेको मुद्दति निक्षेपको अधिकतम ब्याजदरको औसत ९.१३ प्रतिशत रहेको छ। यसको १० प्रतिशत ब्याजदर बढाउदा पनि १०.०४ प्रतिशत हुन्छ यसले गर्दा बैंकहकरुले अधिकत १०.०४ प्रतिशतसम्म मात्रै ब्याजदर कायम गर्न पाउने देखिएको छ। कतिपय बैंकको अघिल्लो महिनाको अधिकतम ब्याजदरमा १० प्रतिशत मात्रै बढाउदा पनि उक्त ब्याजदरभन्दा धेरै हुन जान्छ तर ती बैंकले पनि अधिकतम १०.०४ प्रतिशतसम्म मात्रै ब्याजदर कायम गर्न पाउछन्। 

त्यसैगरी बोलकबोलमा निक्षेप संकलन गर्दा पनि प्रकाशित व्याज दरमा ०.१ प्रतिशतले मात्र वृद्धि गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस !