१४ मंसिर २०७८, मंगलवार
 |   Tue Nov 30 2021
Logo

खाेटाङमा कांग्रेस क्षेत्रीय अधिवेशन : गगनदेखि शेरबहादुर देउवाकाे प्यानल



खोटाङ, ३ मंसिर

नेपाली कांग्रेस खोटाङको क्षेत्रीय कार्यसमिति (प्रदेश क र ख) को अधिवेशनमा चार वटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् ।

शुक्रबार आज हुने क्षेत्रीय कार्यसमितिको अधिवेशनका लागि चुनावी दौडमा सभापति एव‍ं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक काेइराला र नेताहरू कृष्णप्रसाद सिटौला/गगन थापा निकट चार प्यानल चुनावी मैदान छन् ।

जिल्ला सभापतिमा पूर्वराज्यमन्त्री सर्वधन राई, पूर्वसभापति विष्णुकुमार राई, महासमिति सदस्य रवीप्रकाश राई र महाधिवेशन प्रतिनिधि भूपेन्द्र राई आकांक्षी देखिए पनि उनीहरुले एक/एक वटा क्षेत्रमा मात्र आफ्ना उम्मेदवार उभ्याएका छन् ।

जिल्ला सभापतिको दौडमा रहेका पूर्वराज्यमन्त्री सर्वधन र महासमिति सदस्य रवीप्रकाश केन्द्रमा सभापति देउवासँग नजिक मानिन्छन् । पूर्वसभापति विष्णुकुमार पौडेल र महाधिवेशन प्रतिनिधि भूपेन्द्र सिटौला/गगन थापासँग नजिक मानिन्छन् ।

सर्वधनको टीमले कांग्रेस क्षेत्रीय कार्य समिति (प्रदेश क) मा भक्तजङ राईलाई सभापतिमा उठाएको छ । उपसभापतिमा दिलिपराजा गिरी र उद्धव राई, सचिवमा सुमन आचार्य र राजकुमार राई, सहसचिवमा मनकुमार तामाङ र मकर राईलाई उम्मेदवार बनाएको छ ।

कोइराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलको टीमबाट क्षेत्रीय कार्य समिति (प्रदेश क) को सभापतिमा राजेन्द्र राई, उपसभापतिमा बालकुमार राई र मित्रलाल पुरी, सचिवमा राजन भट्टराई र ज्ञानेन्द्र राई, सहसचिवमा पृथ्वीनारायण आचार्य र भूपेन्द्र खनाल प्रतिस्पर्धामा छन् ।

जिल्ला सभापतिका अर्का उम्मेदवार विष्णुकुमारको टिमबाट क्षेत्रीयकार्य समिति (प्रदेश ख) को सभापतिमा दिनेश घिमिरे, उपसभापतिमा महेन्द्र राई र रमाहाङ राई, सचिवमा समराज राई र प्रविण राई, सहसचिवमा कमल प्रधान र राजकुमार बस्नेत अघि सरेका छन् ।

भूपेन्द्रको प्यानलबाट क्षेत्रीय कार्यसमिति (प्रदेश ख) को सभापतिमा चण्डिकुमार राई, उपसभापतिमा हरिबहादुर खड्का र रामचन्द्र केसी, सचिवमा बलराम राई र मोहन कटवाल, सहसचिवमा मणिराज खत्री र शिव राई उम्मेदवार बनेका छन् ।

जिल्ला सभापतिमा पौडेल र कोइरालाको एलायन्स भएको छ। त्यही एलायन्सले मात्र दुबै क्षेत्रमा उम्मेदवार अघि सारेको छ । सर्वधनले क्षेत्रीय कार्य समिति (प्रदेश ख) मा आफ्नो छुट्टै टिम बनाएका छैनन् । भूपेन्द्रले क्षेत्रीय कार्य समिति (प्रदेश क) मा आफ्नो प्यानल बनाएका छैनन् ।

क्षेत्रीय कार्यसमिति (प्रदेश ख) मा देउवा, पौडेल र कोइरालाको सहकार्य भएको स्राेत बताउँछ । यसो हुँदा (प्रदेश ख) मा भूपेन्द्र एक्लैले अन्य प्यानलसँग भिड्नुपर्ने देखिएको छ ।

(प्रदेश क) मा आफ्नो छुट्टै उम्मेदवार नउठाएका भूपेन्द्रको टिमले सर्वधनको टिमलाई सहयोग गर्ने सम्भावना छ । केन्द्रमा देउवा निकट भए पनि जिल्लामा सर्वधन र रवीप्रकाशको दूरी टाढा छ ।

क्षेत्रीय कार्यसमिति (प्रदेश क) को अधिवेशन हलेसीमा र क्षेत्रीय कार्यसमिति (प्रदेश ख) को अधिवेशन सिमपानीमा हुँदैछ । क्षेत्रीय कार्य समितिको अधिवेशनले सात पदाधिकारी र १६ प्रदेश अधिवेशन प्रतिनिधि चयन गर्ने कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए ।

क्षेत्रीय अधिवेशनमा ७/७ सय क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने कांग्रेसले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


बालिका मृत्युकाे विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप, नाै जना सुरक्षाकर्मी घाइते



कपिलवस्तु, १४ मंसिर

सवारी दुर्घटनामा बालिका मृत्युको विषयलाई लिएर प्रहरी र स्थानीयबीच झडप हुँदा नाै जना सुरक्षाकर्मी घाइते भएका छन् । यशोधरा गाउँपालिका ६ सुठौली कार्यालय नजिकै लु ३ त ७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा १२ वर्षीय बालिका सुमन यादवकाे मृत्यु भएकाे थियो ।

मृत्युको विषयलाई लिएर सवारी साधन तोडफोड गर्न खोजेका स्थानीयवासी र प्रहरीबीच झडप भएको हाे ।  स्थितिलाई नियन्त्रणमा ल्याउन प्रहरीले पाँच राउण्ड र सशस्त्र प्रहरीले ६ राउण्ड अश्रु ग्यास फायर गरेका थिए ।  झडपमा परी प्रहरी निरीक्षक विजय सिंह, प्रहरी सहायक निरीक्षक पराग यादव, प्रहरी हवलदार कैलासकोटी चौधरी, प्रहरी जवान भुवन घर्ती, बाल गोविन्द कुर्मी, अनिल थारु, राज कुमार तेली, विवेक खत्री र कमल थापा घाइते भएका छन् ।  

अश्रु ग्यास प्रहारपछि प्रहरीले भिड नियन्त्रणमा लिएको थियो । अहिले अवस्था सामान्य रहेको छ । 

प्रतिक्रिया दिनुहोस !

एमाले महाधिवेशन : मतगणना सुरू, दुई घण्टामा परिणाम आउने



काठमाडौं, १४ मंसिर 

नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ । केहीबेर अघिबाट भएको मतदानको परिणाम दुई घण्टामा आउने बताइएको छ । 

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । 

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको प्रतिस्पर्धा छ । 
 

प्रतिक्रिया दिनुहोस !

एमाले महाधिवेशन : २०९६ मत खस्यो, अब मतगणना सुरू हुने



चितवन, १४ मंसिर 

नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा दुई हजार ९६ मत खसेको छ । 

कुल मतदाता दुई हजार १५३ जना रहेकामा दुई हजार ९६ मत खसेको निर्वाचन अधिकृत कमद पाठकले जानकारी दिए । उनकाअनुसार अबको केहीबेरमै मतगणना सुरू हुनेछ । 

विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै नै परिणाम आउने बताइएको छ । मतदान सकिएसँगै मुचुल्का उठाउने काम भइरहेको र अब केही समयमै मतगणना सुरू हुने अधिकृत पाठकले बताए । 

मतगणना भएको दुई घण्टामै परिणाम आउने अध्यक्ष पदका उम्मेदवार भीम रावलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: