१४ मंसिर २०७८, मंगलवार
 |   Tue Nov 30 2021
Logo

बेरोजगार युवालाई रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउन आग्रह



शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बेरोजगार युवालाई रोजगारी सिर्जना गर्ने गरी योजना तथा कार्यक्रम ल्याउन सूचना तथा सञ्चार क्षेत्रका उद्यमीलाई आग्रह गर्नुभएको छ ।

कम्प्युटर एसोसिएशन नेपाल महासङ्घ (क्यान) को २८औँ साधारणसभाको पूर्वसन्ध्यामा सूचना तथा सञ्चार प्रविधि क्षेत्रका उद्यमी र सरोकार भएकासँग आज आयोजित छलफल कार्यक्रममा मन्त्री पौडेलले सूचना र प्रविधिका क्रियाकलापलाई राष्ट्रको मूलधारको विकास नीतिसँग जोडेर लैजान नेपाली भूगोल सुहाउँदो र स्थानीय आवश्यकता र सम्भावनाअनुसार कार्ययोजना तयार गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले सार्वजनिक शिक्षामा क्यानले योगदान दिन तथा व्यवसायमूलक मात्र नभई सेवामूलक र सामाजिक उत्तरदायित्व बहन गर्ने गरी क्रियाकलाप तर्जुमा गर्न पनि आग्रह गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस !


एमाले महाधिवेशन : मतगणना सुरू, दुई घण्टामा परिणाम आउने



काठमाडौं, १४ मंसिर 

नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ । केहीबेर अघिबाट भएको मतदानको परिणाम दुई घण्टामा आउने बताइएको छ । 

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । 

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको प्रतिस्पर्धा छ । 
 

प्रतिक्रिया दिनुहोस !

एमाले महाधिवेशन : २०९६ मत खस्यो, अब मतगणना सुरू हुने



चितवन, १४ मंसिर 

नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा दुई हजार ९६ मत खसेको छ । 

कुल मतदाता दुई हजार १५३ जना रहेकामा दुई हजार ९६ मत खसेको निर्वाचन अधिकृत कमद पाठकले जानकारी दिए । उनकाअनुसार अबको केहीबेरमै मतगणना सुरू हुनेछ । 

विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै नै परिणाम आउने बताइएको छ । मतदान सकिएसँगै मुचुल्का उठाउने काम भइरहेको र अब केही समयमै मतगणना सुरू हुने अधिकृत पाठकले बताए । 

मतगणना भएको दुई घण्टामै परिणाम आउने अध्यक्ष पदका उम्मेदवार भीम रावलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस !

एमालेको प्रथम विधान र १०औँ महाधिवेशनमा १३ करोड ७१ लाख खर्च, कुनमा कति ?



चितवन, १४ मंसिर 

चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको छ । निर्धारित समयभन्दा दुई दिन लम्बिएको महाधिवेशनमा नौ करोड रुपैयाँ खर्चको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

सात करोड ५० लाख अनुमान गरिएकोमा दुई दिन लिम्बँदा नौ करोड खर्च हुन पुगेको उनले बताए । 

‘दुई दिन महाधिवेशन लम्बिनी अप्रत्यासित नै भयो । यसले अलि बढी खर्च भयो । महाधिवेशन लम्बिँदा खान बस्ने एक करोड ५० लाख खर्च भयो’, महाधिवेशन स्थलमा पत्रकारसँग कुरा गर्दै तामाङले भने, ‘जम्मा सात करोड ५० लाखको बजेट बनाएका थियौँ । तर, दुईदिन लम्बिँदा सात करोड ५० लाखमा थप एक करोड ५० लाख रुपैयाँ खर्च बढ्ने सम्भावना छ । सबै बिलहरू आइसकेपछि थाहा हुन्छ ।’ 

उनका अनुसार ललितपुरमा भएको विधान महाधिवेशनमा चार करोड ७१ लाख रुपैयाँ खर्च भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: