१४ मंसिर २०७८, मंगलवार
 |   Tue Nov 30 2021
Logo

देश विकासमा व्यवधान खडा गर्न एमाले नेतृत्वको सरकार भत्काइयो : अध्यक्ष ओली



काठमाडौं, ४ मंसिर

नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासमा व्यवधान खडा गर्न जनताबाट निर्वाचित दलको सरकार भत्काएर अर्को सरकार गठन गरिएको बताएका छन् ।

एमाले काठमाडौं महानगरपालिका कमिटीले शनिबार यहाँ आयोजना गरेको नेपाल संवत् ११४२ को शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताए । एमाले नेतृत्वको सरकारविरुद्ध सबै दल लागेर कठपुतली सरकार निर्माण गरेको उनले टिप्पणी गरे । वर्तमान सरकारले जनताको विश्वास जित्नेगरी काम गर्न नसक्ने उनले बताए ।

‘जनताद्वारा निर्वाचित बहुमत प्राप्त सरकार ढलाएर लोकतन्त्रको हुर्मत र संविधानको धज्जी उडाउने काम गरिएको छ’, एमाले अध्यक्ष ओलीले थपे, ‘अन्तैबाट बनेको सरकारले प्रतिनिधिसभा संसद् बैठकमा विश्वासको मत लिने काम गरेर लज्जास्पद काम गरेको छ ।’

उनले सरकार बनाउने थलो संसद् भए पनि सांसदको मतबाट सरकार गठन हुनुपर्ने यस पटक अन्तैबाट गठन भएको बताए । ‘परमादेशले सरकार बन्यो । योभन्दा ठूलो जनताको अपमान के हुन्छ ? यो सरकारले केही काम गर्नेवाला छैन,’ उनले भने ।

मन्त्री बनाउन, यसअघिको सरकारले नियुक्त गरेका राजदूत, कर्मचारी हटाउनमै वर्तमान सरकार व्यस्त रहेकाले जनताको पक्षमा काम गर्न नसक्ने उनले टिप्पणी गरे । एमालेविरुद्ध पाँच दलीय गठबन्धन बनेको भए पनि यस्ता दश वटा दलको गठबन्धन बने पनि एमालेलाई केही फरक नपर्ने उनले बताए ।

काठमाडौं उपत्यका जीवित संग्रहालय भएको चर्चा गर्दै अध्यक्ष ओलीले नेपाल देश प्राकृतिक सम्पदा, मानव निर्मित सम्पदाले सुन्दर र धनी रहेको चर्चा गरेका थिए । सभ्यता र संस्कृतिको उदगत देश नेपाल भएको चर्चा गर्दै अध्यक्ष ओलीले भने, ‘यो देश शास्त्र, ज्ञान, संगीत, कला, छन्द, धुन, गीत, नृत्य आदिको उदगत स्थल हो ।’


प्रतिक्रिया दिनुहोस !


बालिका मृत्युकाे विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप, नाै जना सुरक्षाकर्मी घाइते



कपिलवस्तु, १४ मंसिर

सवारी दुर्घटनामा बालिका मृत्युको विषयलाई लिएर प्रहरी र स्थानीयबीच झडप हुँदा नाै जना सुरक्षाकर्मी घाइते भएका छन् । यशोधरा गाउँपालिका ६ सुठौली कार्यालय नजिकै लु ३ त ७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा १२ वर्षीय बालिका सुमन यादवकाे मृत्यु भएकाे थियो ।

मृत्युको विषयलाई लिएर सवारी साधन तोडफोड गर्न खोजेका स्थानीयवासी र प्रहरीबीच झडप भएको हाे ।  स्थितिलाई नियन्त्रणमा ल्याउन प्रहरीले पाँच राउण्ड र सशस्त्र प्रहरीले ६ राउण्ड अश्रु ग्यास फायर गरेका थिए ।  झडपमा परी प्रहरी निरीक्षक विजय सिंह, प्रहरी सहायक निरीक्षक पराग यादव, प्रहरी हवलदार कैलासकोटी चौधरी, प्रहरी जवान भुवन घर्ती, बाल गोविन्द कुर्मी, अनिल थारु, राज कुमार तेली, विवेक खत्री र कमल थापा घाइते भएका छन् ।  

अश्रु ग्यास प्रहारपछि प्रहरीले भिड नियन्त्रणमा लिएको थियो । अहिले अवस्था सामान्य रहेको छ । 

प्रतिक्रिया दिनुहोस !

एमाले महाधिवेशन : मतगणना सुरू, दुई घण्टामा परिणाम आउने



काठमाडौं, १४ मंसिर 

नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ । केहीबेर अघिबाट भएको मतदानको परिणाम दुई घण्टामा आउने बताइएको छ । 

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । 

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको प्रतिस्पर्धा छ । 
 

प्रतिक्रिया दिनुहोस !

एमाले महाधिवेशन : २०९६ मत खस्यो, अब मतगणना सुरू हुने



चितवन, १४ मंसिर 

नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा दुई हजार ९६ मत खसेको छ । 

कुल मतदाता दुई हजार १५३ जना रहेकामा दुई हजार ९६ मत खसेको निर्वाचन अधिकृत कमद पाठकले जानकारी दिए । उनकाअनुसार अबको केहीबेरमै मतगणना सुरू हुनेछ । 

विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै नै परिणाम आउने बताइएको छ । मतदान सकिएसँगै मुचुल्का उठाउने काम भइरहेको र अब केही समयमै मतगणना सुरू हुने अधिकृत पाठकले बताए । 

मतगणना भएको दुई घण्टामै परिणाम आउने अध्यक्ष पदका उम्मेदवार भीम रावलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: