१९ मंसिर २०७८, आईतवार
 |   Sun Dec 5 2021
Logo

योगगुरु रामदेव र आचार्य बालकृष्णलाई आठबुँदे मागपत्र



भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्णलाई पतञ्जली आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टर काभ्रेका विद्यार्थीले आठबुँदे मागपत्र पेस गरेका छन् ।

पतञ्जली योग समिति बनेपाले निर्माण गरेको भवन उद्घाटनका लागि बनेपा आउने क्रममा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ मा रहेको आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टरको अनुगमन गर्न पुग्ने क्रममा त्यहाँ अध्ययनरत विद्यार्थीले कजेल प्रशासनले विभिन्न बहानामा कलेज बन्द गर्ने र विश्वविद्यालयलाई कलेजले तिर्नुपर्ने रकम कलेज प्रशासनले नतिरेका कारण आफूहरुको परीक्षाको नतिजासमेत रोकिएको भन्दै कलेजलाई निर्वाध रुपमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन मागपत्र बुझाएको विद्यार्थीहरुले बताएका छन् ।

सो क्रममा विद्यार्थीहरुले आफूहरुले कलेजमा विभिन्न समस्या भोग्नुपरेको बताएका छन् । त्यसरी कजेलमा विभिन्न समस्या भोग्नुपरेको अवस्थालाई समाधान गर्न आग्रह गर्दै योगगुरु रामदेव र आचार्य बालकृष्णलाई विद्यार्थीले आग्रह गरेका हुन् ।

सो क्रममा विद्यार्थीहरुले प्रत्येक विषयका लागि विषयगत शिक्षकको अभाव र अन्तिम वर्षमा छ विषयमध्ये तीनवटा विषयगत विशेषज्ञको अभाव रहेको, प्रयोगशाला र बोटानिकल गार्डेनको अभाव, विषयगत विभाग सञ्चालन नभएको, आफ्नै आयुर्वेद अस्पतालको अभाव (भवन बनिसकेको भए पनि सञ्चालनमा नआएको), ट्रष्टीबाट बेलाबेलामा कलेज बन्द गर्ने धम्की आउने, नियमित आन्तरिक परीक्षाको अभाव, समयमा विश्वविद्यालयलाई तिर्नुपर्ने शुल्क नतिर्दा आफूहरुको परीक्षाको नजितासमेत रोकिएको र खेलकुद मैदान तथा सामग्रीको अभाव रहेका कारण त्यसलाई समयमा नै व्यवस्थापन गरिदिन मागपत्र पेस गरेको हो ।

कजेलका पाँचौँ वर्ष (अन्तिम वर्ष) का विद्यार्थी रुपेशकुमार ठाकुरले आफूहरुले कलेजमा भोग्दै आएका समस्या सबै प्रस्तुत गरेर समाधान गरिदिनका लागि आग्रह गरिएको बताए । समस्याको समाधान गर्नका लागि उनीहरुलाई बुझाएको मागपत्र चौथो पटकको भएको विद्यार्थीहरुको भनाइ छ ।

आफूहरुले अहिलेसम्ममा अध्ययन मात्रै गरिरहेकामा कलेजले इन्टर्नसिपसमेत नगराएकामा मागपत्र राखेपछि योगगुरु रामदेवले हरिद्वार लगेर भए पनि इन्टर्नसिप गराउने र कलेजमा भएका सबै समस्याबारे आफूलाई जानकारी भएकाले बिस्तारै सबै समस्याको समाधान गर्दै जाने आश्वासन दिएको बताइएको छ ।

यसैबीच पतञ्जली योग समिति बनेपाले निर्माण गरेको आफ्नै भवनको शनिबार एक समारोहबीच योगगुरु रामदेव र आचार्य बालकृष्णले उद्घाटन गरेका छन् । बनेपा नगरपालिका–५ मा निर्माण गरेको नयाँ भवन पक्की तीनतलाको छ । भवनको उद्घाटन गर्दै योगगुरु रामदेवले योगले आफ्नो जीवनले पुण्य मिल्ने बताए । सो क्रममा उनले राजनीतिक धर्म अस्थायी भएको र योग धर्म स्थायी भएकाले योग धर्मले शान्ति, अहिंसा, प्रेम र करुणाको भाव दिने बताए ।

आचार्य बालकृष्णले मान्छेले गरेको श्रद्धा र समपर्णलाई अरू कसैले भौतिक रुपमा मूल्याङ्कन नगरे पनि आन्तरिक मूल्याङ्कन हुनेमा जोड दिए । कोरोनाको समयमा नेपाल र भारतमा कुनै पनि संस्थाले सेवा र लाभ पुर्‍याएको छ भने पतञ्जली योग समितिले गरेको जनाउँदै त्यो बेलामा गुर्जो र तुलसी बोकेर योग ज्ञानका बारेमा शिक्षा दिँदै हिँडेको उनले स्मरण गरे ।


प्रतिक्रिया दिनुहोस !


माओवादी केन्द्रको राष्ट्रिय भेलाः गुरुङको भागमा विधान, हितमानलाई व्यवस्थापनको जिम्मा



काठमाडौं, १९ मंसिर

नेकपा माओवादी केन्द्रले आगामी ११–१३ पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि कार्यविभाजन गरेको छ । 

स्थायी कमिटीको बैठकपछि जारी गरिएको सर्कुलरअनुसार माओवादीको विधान परिमार्जन गर्ने जिम्मा स्थायी कमिटी सदस्य देव गुरुङले पाएका छन् । उनको संयोजकत्वमा गठन भएको विधान परिमार्जन समितिले पार्टीको आगामी विधानको परिमार्जित मस्यौदा राष्ट्रिय सम्मेलनमा पेस गर्नेछ । 

त्यसैगरी काठमाडौंमा हुने सम्मेलनको मूल व्यवस्थापनको जिम्मा हितमान शाक्य नेतृत्वको सात सदस्यीय कमिटीले पाएको छ । 

सम्मेलनको प्रचारको काम भने प्रवक्ता कृष्णबहादुर महरा नेतृत्वमा गठित उपसमितिले गर्नेछ । 

सर्कुलरअनुसार सम्मेलनमा सहभागी हुने प्रतिनिधकिो छनोट मंसिर मसान्तसम्ममा सक्नुपर्नेछ । सम्मेलनमा सहभागी कुल सदस्यको ५ प्रतिशत प्रतिनिधि केन्द्रले मनोनयन गर्ने परिपत्रमा उल्लेख छ । हरेक प्रदेशवाट ३० जनाका दरले र एक हजार पाँच सय संगठित सदस्य बराबर एकजनाले सम्मेलनमा भाग लिन पाउनेछन् । 

प्रदेशबाट प्रतिनिधित्व गर्ने ३० मध्ये एकजना अपांगता भएका र सशस्त्र विद्रोहमा घाइते भएकाहरू अनिवार्य समेटिनुपर्ने परिपत्रमा उल्लेख छ । 
 

प्रतिक्रिया दिनुहोस !

पराजित कमल थापाले भने- ‘पुरस्कार पाएँ, राजाको भलो होस्



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित भएको कमल थापाले विजयी राजेन्द्र लिङ्देनलाई बधाइ दिनु भएको छ । थापालाई २२७ मतान्तरले पराजित गर्दै लिङ्देन अध्यक्षमा निर्वाचित हुनुभएको हो ।पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाउनुभएको छ । यद्यपि, उहाँले पराजयलाई सहर्ष स्वीकार गर्ने बताउनुभएको छ ।

‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना’, उहाँले भन्नुभएको छ, ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु ।’

थापाले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको भन्दै गुनासो समेत गनुभएको छ । सो एजेण्डाको मूल संवाहकलाई राजाले राजनीतिक रुपमा समाप्त पार्न खोजेको पनि उहाँको आरोप छ ।

उहाँले लेख्नुभएको छ– ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना ।’

प्रतिक्रिया दिनुहोस !

नेपाली काँग्रेस प्रदेश- २ को अधिवेशन स्थगित, नेतृत्व चयन महाधिवेशनपछि मात्र हुने



काठमाडौ । नेपाली कांग्रेसको प्रदेश- २ को अधिवेशन उद्घाटनपछि स्थगित भएको छ । प्रदेश २ का धनुषाबाहेक केही जिल्लाबाट मतदाता नामावली नआएका कारण हाललाई अधिवेशन रोकिएको निर्वाचन समितिले बताए ।अब प्रदेश- २ को नेतृत्व चयन महाधिवेशनपछि मात्र हुने बताइएको छ। प्रदेश अधिवेशनको उद्घाटन भएको तीन दिन बितिसक्दा पनि मनोनय दर्तालगायत चुनावी प्रक्रिया अगाडि बढेको छैन।

यता प्रदेश सभापतिलगायत पदहरूमा आकांक्षीहरूले औपचारिक रुपमा उम्मेदवारीसमेत घोषणा गरिसकेका छन्।प्रदेशका ८ जिल्लाका ३२ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये हालसम्म सात वटा निर्वाचन क्षेत्रमा अधिवेशन नभएकाले प्रदेश अविधेशन स्थगित भएको निर्वाचन समितिले बताए।सर्लाहीका चार निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ ९ख०, सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४, र रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनोट हुन सकेका छैनन्।

सर्लाहीमा त अहिलेसम्म वडा अधिवेशनसमेत हुन सकेको छैन। निर्वाचन समितिकाअनुसार सर्लाही जिल्लामा अधिवेशनको प्रक्रियामा झमेला देखिएको छ।जिल्लाका निर्वाचन समितिहरूबाट प्राप्त हुनुपर्ने मतदाता नामावली साँझसम्म उपलब्ध नभएकाले पूर्वघोषित निर्वाचन तालिकाअनुसार शनिबार पनि मतदाता नामावली प्रकाशन हुन सकेन।

मतदाता नामावली नै प्रकाशन हुन नसकेको कारण आइतबार हुने भनिएको मनोनयन पत्र दाखिला पनि स्थगित भएको छ। रौतहट र सप्तरी जिल्लामा प्रतिनिधि छनोटको काम सम्पन्न भइसकेको बताइए पनि निर्वाचन समितिमा नामावली प्राप्त हुन सकेन।” श्रोतका अनुसार प्रदेशको नेतृत्व चयनको प्रक्रिया अब महाधिवेशनपछि मात्र हुनेछ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: