१९ मंसिर २०७८, आईतवार
 |   Sun Dec 5 2021
Logo

चितुवाको छालासहित चार जना पक्राउ



सुर्खेत, ५ मंसिर

चितुवाको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सुर्खेतको बराहाताल गाउपालिका –५ बड्डिचौरस्थित एक होटलबाट चितुवाको छालासहित छाम पंचदेवल नगरपालिका– ८ का ३५ वर्षीय कमल शाही, सोही ठाउँका २२ वर्षीय चक्रबहादुर शाही, अछाम रामारोशन गाउँपालिका–४ का २१ वर्षीय ओपेन्द्र शाह र दैलेख चामुन्डाबिन्द्रासैनी नगरपालिका–२ का ३५ वर्षीय विमल शाही पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार विशेष सूचनाको आधारमा प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएकाे संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन् । उनीहरूबाट प्रहरीले तीन वटा चितुवाको छाला बरामद गरेकाे छ । घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !


ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बन्दै



काठमाडौं, १७ मंसिर

प्रेस काउन्सिल नेपालले ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बनाउने भएको छ । काउन्सिलले शुक्रबार विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार ज्येष्ठ नागरिकबारे आमसञ्चार माध्यममा सम्मानजनक भाषा प्रयोग र एकरूपता कायम गर्न निर्देशिका बनाउन लागिएको हो ।

ज्येष्ठ नागरिकका सम्बन्धमा कतिपय मिडियामा अपमानजनक भाषा प्रयोग भइरहेको भन्दै काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको पछिल्लो बोर्ड बैठकले ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बनाउने निर्णय गरेको काउन्सिल प्रवक्ता दीपक खनालले जानकारी दिए ।

उनका अनुसार निर्देशिका निर्माणका लागि काउन्सिलका बोर्ड सदस्य गोपाल बुढाथोकीको संयोजकत्वमा ठाकुरप्रसाद बेलबासे र वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल सदस्य रहेको कार्यदल बनाइएको छ । जसले एक महिनाभित्र निर्देशिका मस्यौदा तयार गर्नेछ ।

विज्ञप्ति स्

प्रेस काउन्सिल नेपालले ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिकाको तयारी गरेको छ । ज्येष्ठ नागरिकबारे आमसञ्चार माध्यममा सम्मानजनक भाषा प्रयोग र एकरुपता कायम गर्न निर्देशिका बन्न लागेको हो। ज्येष्ठ नागरिकका सम्बन्धमा कतिपय मिडियामा अपमानजनक भाषा प्रयोग भइरहेको सन्दर्भमा निर्देशिका बनाउन लागिएको हो । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको काउन्सिलको पछिल्लो बोर्ड बैठकले निर्देशिका निर्माणका लागि कार्यदल समेत गठन गरेको छ ।

काउन्सिलका बोर्ड सदस्य गोपाल बुढाथोकीको संयोजकत्वमा बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासे र वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल सदस्य रहेको कार्यदलले एक महिनाभित्र निर्देशिका मस्यौदा तयार गर्नेछ । कार्यदलले राष्ट्रिय ज्येष्ठ नागरिक महासंघसहितका सरोकारवाला निकायसँग सुझाव लिई उक्त काम गर्नेछ ।

प्रेस काउन्सिल नेपालले मिडियामा प्रयुक्त हुने भाषालाई मर्यादित बनाउन विभिन्न निर्देशिका जारी गरी कार्यान्वयनमा ल्याइसकेको छ। यसअघि बालमैत्री सञ्चार निर्देशिका, २०७३, अपाङ्गतामैत्री सञ्चार निर्देशिका, २०७३ र महिला उत्तरदायी सञ्चार निर्देशिका, २०७६ जारी भई कार्यान्वयनमा आएका छन् । आचारसंहिता र निर्देशिकामा तोकिएका मापदण्डअनुसार भाषा प्रयोग भए, नभएको नियमित रूपमा अनुगमन÷ध्यानाकर्षण हुँदै आएको छ।

यसैबीच प्रेस काउन्सिल नेपालले लोककल्याणकारी विज्ञापन प्रकाशन र प्रसारणमा समेत ज्येष्ठ नागरिकमैत्री सन्देश प्रवाह गर्न सम्बद्ध निकायलाई पत्राचार गरेको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको सझाव समेतका आधारमा यस्ता सन्देश विज्ञापन बोर्डलाई पठाइएको हो।

दीपक खनाल
वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता

प्रतिक्रिया दिनुहोस !

हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द




हुम्ला, १७ मंसिर

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम सिमकोटदेखि अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा बिहीबारदेखि अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । जिल्लामा बिहीबार बिहानदेखि हिमपात र वर्षा भएसँगै हवाई यातायात बन्द हुन पुगेको छ ।

खराब मौसमका कारण हवाई सेवा अवरुद्ध भएपछि सिमकोटमा दैनिक उपाभोग्य वस्तु भित्रिएको छैन् । दुई दिन लगातार सिमकोटमा पानी परिरहेका कारण हवाई सेवा अवरुद्ध हुनुका साथै खाद्यान्नदेखि दैनिक उपभोग्य सामग्री ढुवान हुन नसकेको हो । यस्तै जिल्ला बाहिर जाने यात्रु सिमकोटमै रोकिएका छन् भने जिल्ला बाहिर नेपालगञ्जबाट हुम्ला पुग्ने यात्रु उतै रोकिएका हुन् ।

सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई काम गर्न समस्या बनाएको छ । सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा बिहीबारदेखि निरन्तर पानी परिरहेको छ भने उत्तरी हुम्लामा हिमपात भइरहेको छ ।

मौसममा फेरबदल आउँदा सिमकोटमा चिसो बढेको हो । चिसोका कारण कमै मात्र सेवाग्राही सेवा लिन आएको सनलाइफ इन्सोरेन्सका कर्मचारी धनबहादुर भण्डारीले बताए । हिमपात र वर्षाका कारण यस वर्ष हुम्लामा चिसो अत्यधिक बढेको छ । उत्तरी हुम्लामा हिमपातले विकास निर्माणका कार्यसमेत प्रभावित भएका छन् । हिमपातले यहाँको जनजीवन कष्टकर बनेको छ ।  

प्रतिक्रिया दिनुहोस !

हुम्लामा हिमपात, चिसोले जनजीवन कष्टकर



काठमाडौं । हिमपातपछि हुम्लामा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको छ। हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो। आज बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको छ। हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ।

मौसम परिवर्तनसँगै आजदेखि निकै चिसो बढेपछि सिमकोटको तापक्रम माइनसमा झरेको छ। चिसो मौसम शुरु भएसँगै सदरमुकामवासीले बाक्लोबाक्लो कपडा लगाउन थालेका छन्। दिनमा भन्दा बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको स्थानीयवासीको भनाइ छ। उत्तरी नाम्खा गाउँपालिकामा दोस्रो पटक हिमपात भएको छ। उत्तरी नाम्खा गाउँपालिका उच्च भेगमा पर्ने भएकाले बिहानैबाट हिमपात शुरु भएको छ। हिमापत भएसँगै यहाँको तापक्रम माइनसमा झरेको छ। अहिले चालाको तापक्रम माइनस पाँच डिग्री पुगेको छ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: