१९ मंसिर २०७८, आईतवार
 |   Sun Dec 5 2021
Logo

गन्तव्य मध्यपुर अभियान : ‘रात्रिकालीन सम्पदा पदयात्रा’ ले लोभ्यायो



मध्यपुरथिमिको शङ्खधर चोकको दक्षिणपट्टि राष्ट्रिय विभूति शङ्खधर साख्वाःको सालिक छ । त्यही सालिकको पश्चिमपट्टि फोहर फाल्ने भिरालो पाखोलाई मध्यपुरथिमि नगरपालिकाले निर्माण गरेको हरियो पाँखो, साँझ ढल्किँदै जाँदा बत्तीको उज्यालोले चमक्क चम्के झँै देखिने सालिकदेखि हरिया पाखा देखिन्छन् । त्यहीँ पाखोमा नगरपालिकाले निर्माण गरेको झरना, नजिकै परम्परागत र आकर्षक ढुङ्ेधारा । त्यसको उत्तरपट्टि आकर्षक ‘एमपी थियटर’ ।

त्यहीँ थियटरमा उभिएर मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले भन्नुभयो, “पर्यटकीय दृष्टिकोणले ओझेलमा परेको मध्यपुरथिमिको सम्पदा बस्तीलाई पर्यटकीय गन्तव्य बनाउने अभियान सुरु गरेका छौँ, जमिनमुनि पुरिएका कैयौँ सम्पदाले नयाँ जीवन पाएका छन्, लोप भएका जात्रा पर्वले पुर्नजीवन पाएका छन्, अब दिवाकालीन मात्रै होइन, हामी रात्रिकालीन पर्यटनकोसमेत विकास गर्न चाहन्छौँ, त्यसैले मध्यपुरथिमि नगरपालिकाले सुरु गरेको छ, “गन्तव्य मध्यपुर अभियानको रात्रिकालीन सम्पदा पदयात्रा ।”

दिवाकालीनसँगै रात्रिकालीन पर्यटनको विकास गर्ने उद्देश्यले नगरपालिकाले गन्तव्य मध्यपुर अभियानअन्तर्गत ‘रात्रिकालीन सम्पदा पदयात्रा’ सञ्चालन गरेको छ । उहाँले भन्नुभयो, “यसको मुख्य उद्देश्य मध्यपुरथिमि दिउँसो मात्रै घुम्ने होइन कि सन्ध्याकालीन यात्राका रुपमा पनि घुम्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नु हो, यहाँका मूर्तमात्र नभई अमूर्त कलाको आनन्द पनि बेलुका हेर्दा रमाइलो हुन्छ”, उहाँले भन्नुभयो । उहाँले यहाँको कलालाई जीवन दर्शनसँग जोडेर पनि हेर्न सकिने उहाँको भनाइ थियो । “दिउँसो पाउन नसकिने आनन्द यहाँ साँझ घुम्दा निकै पाइन्छ, दिउँसो र साँझ घुम्नुको फरक अनुभूति गर्न सकिन्छ भन्ने सन्देश हामी प्रवाह गर्न चाहन्छौँ”, उहाँले भन्नुभयो ।

साँझपछि बत्तीले झिलिमिली भएका यहाँका सम्पदा आफँै आकर्षकरुपमा चम्किलो देखिन्छन् । रात पर्दै जादा पनि चोकचोकमा स्थानीय कोही भजन गाई रहेका कोही नाचिरहेका, कोही पेटीँ र पाटीमा बसेर गफिरहेका । लाग्थ्यो रात छिपिँदै जाँदा पनि मध्यपुरथिमि जागेकै छ, यहाँका सम्पदा, यहाँका परम्परा अनि यहाँका स्थानीय बासिन्दा जागिरहेकै छन् । बालबालिका चोकमा रमाइलो मानेर खेलिरहेकालगायतका दृश्यले यहाँको अवस्थालाई मनमोहक बनाउँछ ।

नगरपालिकाका प्रमुख श्रेष्ठले भन्नुभयो, “मध्यपुर शान्त, सुरक्षित छ, साँझ परेपछि राति ९ बजेसम्म घुम्दा पनि सुरक्षित छ भन्ने हामी सन्देश दिन चाहन्छौँ ।”

शङ्खधर साख्वाः क्षेत्रको उकालो चढेसँगै बालकुमारी मन्दिरमा देखिएको सुन्दरता जोकोहीको आँखामा टल्किरहन्छ । सँगैको पोखरीको प्रत्येक खोपीमा बलेका बत्तीले थप सुन्दरता थपेको देखिन्थ्यो । विष्णुवीरको मन्दिर परिसरमा महिला पुरुषले गाएका भजनले यहाँको परम्परालाई थप उजागर गरेको थियो । त्यहाँबाट बोडेका कुमारी पार्क पुगेका नगर प्रमुखसहितको टोली साँझ ६ः३० बजे बोडेको कुमारी पार्क पुग्दा त्यहाँ कोही परिवारसहित त कोही जोडी बसेर गफिरहेका देखिन्थ्यो । कुमारी पार्कको मात्रै होइन, त्यहाँबाट देखिने काठमाडौँ सहित विमानस्थलको आकर्षक दृश्य कम मनमोहक थिएन ।

नगर प्रमुख श्रेष्ठले फोहर फाल्ने डम्पिङ साइट कसरी पार्कमा परिणत भयो भन्नेबारेमा सञ्चारकर्मीको जिज्ञासा मेटाउँनुभयो । त्यसपछि सुरु भएको यात्रा नगरपालिकाले पुनःनिर्माण गरेको कमलपोखरी, कालिका मन्दिर, जिब्रो छेड्ने पाँचो गणेश, लायकु, महालक्ष्मी, भाँगु, लाछी, नछुटोल, विष्णु तकीँ, नगदेश बुद्ध विहार, सिद्धि गणेश, द्योः छेँ गार्चा चोक, बाहाखा बजार, चपाचो गणेश र कुमाननी क्षेत्रमा पुग्यो । साथै प्रचण्ड भैरव, हात्तीमहाँकाल, भुँलाखेल, ताहाननी, चोडे महालक्ष्मीस्थान, दिगुटोल, सिवाटोल, निगुः पुखु, इनायटोल, लोकेश्वर मन्दिर, विष्णुवीर र बामुनेटोल हुँदै पुनःबालकुमारी मन्दिर परिसरमा आएर रात्रिकालीन पदयात्रा सम्पन्न गरिएको थियो ।

मध्यपुरथिमिलाई बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउन यहाँका विभिन्न मूर्त तथा अमूर्त सम्पदाको जगेर्ना गर्न नगरपालिकाले विगत वर्षमा विशेष ध्यान दिएको थियो । यहाँका मठमन्दिर, जात्रा पर्वले मात्रै होइन बाजागाजा, डबलीमा हुने सांस्कृतिक नाच, झाँकी, दाफा भजनले पनि पुर्नजीवन पाएको छ । सम्पदा पदयात्रामा नयाँ निर्माण भएका तथा पुनर्निर्माण भएका ऐतिहासिक सम्पदा, पोखरी, पाटी, मन्दिर, पार्क तथा ढुङ्गेधाराको रात्रिकालीन अवलोकन निकै आकर्षक एवं मनमोहक देखिएको थियो ।

यहाँका मठ, मन्दिर, पोखरी, पाटी, पौवा, ऐतिहासिक जात्रा, पर्व, कलासंस्कृति र आकर्षक पार्कले भरिएका छन् । मध्यपुरथिमिमा ऐतिहासिक प्राचीन बस्ती छ । यहाँका दैनिकी अझै पनि परम्परागत र जीवन्त छ भने यहाँका ओझेलमा परेका मूर्त, अमूर्त कला अवलोकन गर्न सकिन्छ । मध्यपुरथिमिका प्रमुख श्रेष्ठले भन्नुभयो, “अब आन्तरिक तथा बाह्य पर्यटकले दिउँसो र साँझपख कम्तीमा पनि तीन घण्टा मध्यपुर घुमेर आनन्द लिन सक्छन्, भन्ने सन्देश पदयात्राबाट प्रवाह गरेको छ ।” नगरपालिकाले सम्पदाको संरक्षणमा दिएको योगदाको कदर गर्दै नेपालमै पहिलो पटक ‘एशियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत हुँदै संसारमा मध्यपुरलाई चिनाउन सफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस !


माओवादी केन्द्रको राष्ट्रिय भेलाः गुरुङको भागमा विधान, हितमानलाई व्यवस्थापनको जिम्मा



काठमाडौं, १९ मंसिर

नेकपा माओवादी केन्द्रले आगामी ११–१३ पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि कार्यविभाजन गरेको छ । 

स्थायी कमिटीको बैठकपछि जारी गरिएको सर्कुलरअनुसार माओवादीको विधान परिमार्जन गर्ने जिम्मा स्थायी कमिटी सदस्य देव गुरुङले पाएका छन् । उनको संयोजकत्वमा गठन भएको विधान परिमार्जन समितिले पार्टीको आगामी विधानको परिमार्जित मस्यौदा राष्ट्रिय सम्मेलनमा पेस गर्नेछ । 

त्यसैगरी काठमाडौंमा हुने सम्मेलनको मूल व्यवस्थापनको जिम्मा हितमान शाक्य नेतृत्वको सात सदस्यीय कमिटीले पाएको छ । 

सम्मेलनको प्रचारको काम भने प्रवक्ता कृष्णबहादुर महरा नेतृत्वमा गठित उपसमितिले गर्नेछ । 

सर्कुलरअनुसार सम्मेलनमा सहभागी हुने प्रतिनिधकिो छनोट मंसिर मसान्तसम्ममा सक्नुपर्नेछ । सम्मेलनमा सहभागी कुल सदस्यको ५ प्रतिशत प्रतिनिधि केन्द्रले मनोनयन गर्ने परिपत्रमा उल्लेख छ । हरेक प्रदेशवाट ३० जनाका दरले र एक हजार पाँच सय संगठित सदस्य बराबर एकजनाले सम्मेलनमा भाग लिन पाउनेछन् । 

प्रदेशबाट प्रतिनिधित्व गर्ने ३० मध्ये एकजना अपांगता भएका र सशस्त्र विद्रोहमा घाइते भएकाहरू अनिवार्य समेटिनुपर्ने परिपत्रमा उल्लेख छ । 
 

प्रतिक्रिया दिनुहोस !

पराजित कमल थापाले भने- ‘पुरस्कार पाएँ, राजाको भलो होस्



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित भएको कमल थापाले विजयी राजेन्द्र लिङ्देनलाई बधाइ दिनु भएको छ । थापालाई २२७ मतान्तरले पराजित गर्दै लिङ्देन अध्यक्षमा निर्वाचित हुनुभएको हो ।पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाउनुभएको छ । यद्यपि, उहाँले पराजयलाई सहर्ष स्वीकार गर्ने बताउनुभएको छ ।

‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना’, उहाँले भन्नुभएको छ, ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु ।’

थापाले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको भन्दै गुनासो समेत गनुभएको छ । सो एजेण्डाको मूल संवाहकलाई राजाले राजनीतिक रुपमा समाप्त पार्न खोजेको पनि उहाँको आरोप छ ।

उहाँले लेख्नुभएको छ– ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना ।’

प्रतिक्रिया दिनुहोस !

नेपाली काँग्रेस प्रदेश- २ को अधिवेशन स्थगित, नेतृत्व चयन महाधिवेशनपछि मात्र हुने



काठमाडौ । नेपाली कांग्रेसको प्रदेश- २ को अधिवेशन उद्घाटनपछि स्थगित भएको छ । प्रदेश २ का धनुषाबाहेक केही जिल्लाबाट मतदाता नामावली नआएका कारण हाललाई अधिवेशन रोकिएको निर्वाचन समितिले बताए ।अब प्रदेश- २ को नेतृत्व चयन महाधिवेशनपछि मात्र हुने बताइएको छ। प्रदेश अधिवेशनको उद्घाटन भएको तीन दिन बितिसक्दा पनि मनोनय दर्तालगायत चुनावी प्रक्रिया अगाडि बढेको छैन।

यता प्रदेश सभापतिलगायत पदहरूमा आकांक्षीहरूले औपचारिक रुपमा उम्मेदवारीसमेत घोषणा गरिसकेका छन्।प्रदेशका ८ जिल्लाका ३२ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये हालसम्म सात वटा निर्वाचन क्षेत्रमा अधिवेशन नभएकाले प्रदेश अविधेशन स्थगित भएको निर्वाचन समितिले बताए।सर्लाहीका चार निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ ९ख०, सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४, र रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनोट हुन सकेका छैनन्।

सर्लाहीमा त अहिलेसम्म वडा अधिवेशनसमेत हुन सकेको छैन। निर्वाचन समितिकाअनुसार सर्लाही जिल्लामा अधिवेशनको प्रक्रियामा झमेला देखिएको छ।जिल्लाका निर्वाचन समितिहरूबाट प्राप्त हुनुपर्ने मतदाता नामावली साँझसम्म उपलब्ध नभएकाले पूर्वघोषित निर्वाचन तालिकाअनुसार शनिबार पनि मतदाता नामावली प्रकाशन हुन सकेन।

मतदाता नामावली नै प्रकाशन हुन नसकेको कारण आइतबार हुने भनिएको मनोनयन पत्र दाखिला पनि स्थगित भएको छ। रौतहट र सप्तरी जिल्लामा प्रतिनिधि छनोटको काम सम्पन्न भइसकेको बताइए पनि निर्वाचन समितिमा नामावली प्राप्त हुन सकेन।” श्रोतका अनुसार प्रदेशको नेतृत्व चयनको प्रक्रिया अब महाधिवेशनपछि मात्र हुनेछ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: