१९ मंसिर २०७८, आईतवार
 |   Sun Dec 5 2021
Logo

प्रकाशमानका छोरा पनि होमिए कांग्रेस राजनीतिमा, बने महाधिवेशन प्रतिनिधि



परिवारका सदस्यहरूसँग प्रकाशमान। तस्बिर: प्रकाशमान सिंहकि श्रीमती सिर्जना सिंहको फेसबुकबाट

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको छोरा प्रभाशमान सिंह पनि पार्टी राजनीतिमा सक्रिय भएका छन्।

आज भएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट प्रभाशमान कांग्रेस महाधिवेशन प्रतिनिधि बनेका छन्।

काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रभाशमान महाधिवेशन प्रतिनिधि सर्वसम्मत भएका हुन्।

‘प्रभाशमान र कांग्रेस नेता सिर्जना सिंह पनि सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि हुनुभएको छ,’ क्षेत्र नम्बर ७ मा क्षेत्रीय सभापति पदका उम्मेदवार रहेका मुकुन्द रिजालले सेतोपाटीसँग भने, ‘८ जना सर्वसम्मत हुनुभयो। बाँकीका लागि चुनाव हुन्छ।’

क्षेत्रीय कार्यसमितिको सभापतिलगायत पदका लागि भने चुनाव गर्ने तयारी भइरहेको छ। २६ जनामध्ये ८ जना महाधिवेशन प्रतिनिधि भने सर्वसम्मत चयन भइसकेको रिजालले जानकारी दिए।

३२ वर्षका प्रभाशमान सिंह यसअघि कांग्रेसको भातृ संस्था नेपाल तरूण दलमा सक्रिय थिए। उनी तरूण दलको केन्द्रीय पार्षद थिए।

प्रकाशमानका दुई छोरामध्ये कान्छो भाष्करमान भने राजनीतिमा सक्रिय छैनन्।

छोरा र श्रीमती सिर्जना महाधिवेशन प्रतिनिधि बनेसँगै प्रकाशमानकै घरमा ३ जना महाधिवेशन प्रतिनिधि हुने भएका छन्।

पूर्वमहामन्त्रीसमेत रहेका सिंह केन्द्रीय सदस्य पनि हुन्। केन्द्रीय सदस्य स्वत: कांग्रेस महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ। सिंह १४ औं महाधिवेशनमा सभापति पदमा उठ्ने तयारीमा छन्।

कांग्रेसले यही मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने तयारी गरेको छ। आज १४८ प्रतिनिधि सभा क्षेत्रमा कांग्रेसले क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि छान्न चुनाव गरिरहेको छ। आज कांग्रेसले करिब तीन हजार महाधिवेशन प्रतिनिधि चयन गर्नेछ।


प्रतिक्रिया दिनुहोस !


माओवादी केन्द्रको राष्ट्रिय भेलाः गुरुङको भागमा विधान, हितमानलाई व्यवस्थापनको जिम्मा



काठमाडौं, १९ मंसिर

नेकपा माओवादी केन्द्रले आगामी ११–१३ पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि कार्यविभाजन गरेको छ । 

स्थायी कमिटीको बैठकपछि जारी गरिएको सर्कुलरअनुसार माओवादीको विधान परिमार्जन गर्ने जिम्मा स्थायी कमिटी सदस्य देव गुरुङले पाएका छन् । उनको संयोजकत्वमा गठन भएको विधान परिमार्जन समितिले पार्टीको आगामी विधानको परिमार्जित मस्यौदा राष्ट्रिय सम्मेलनमा पेस गर्नेछ । 

त्यसैगरी काठमाडौंमा हुने सम्मेलनको मूल व्यवस्थापनको जिम्मा हितमान शाक्य नेतृत्वको सात सदस्यीय कमिटीले पाएको छ । 

सम्मेलनको प्रचारको काम भने प्रवक्ता कृष्णबहादुर महरा नेतृत्वमा गठित उपसमितिले गर्नेछ । 

सर्कुलरअनुसार सम्मेलनमा सहभागी हुने प्रतिनिधकिो छनोट मंसिर मसान्तसम्ममा सक्नुपर्नेछ । सम्मेलनमा सहभागी कुल सदस्यको ५ प्रतिशत प्रतिनिधि केन्द्रले मनोनयन गर्ने परिपत्रमा उल्लेख छ । हरेक प्रदेशवाट ३० जनाका दरले र एक हजार पाँच सय संगठित सदस्य बराबर एकजनाले सम्मेलनमा भाग लिन पाउनेछन् । 

प्रदेशबाट प्रतिनिधित्व गर्ने ३० मध्ये एकजना अपांगता भएका र सशस्त्र विद्रोहमा घाइते भएकाहरू अनिवार्य समेटिनुपर्ने परिपत्रमा उल्लेख छ । 
 

प्रतिक्रिया दिनुहोस !

पराजित कमल थापाले भने- ‘पुरस्कार पाएँ, राजाको भलो होस्



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित भएको कमल थापाले विजयी राजेन्द्र लिङ्देनलाई बधाइ दिनु भएको छ । थापालाई २२७ मतान्तरले पराजित गर्दै लिङ्देन अध्यक्षमा निर्वाचित हुनुभएको हो ।पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाउनुभएको छ । यद्यपि, उहाँले पराजयलाई सहर्ष स्वीकार गर्ने बताउनुभएको छ ।

‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना’, उहाँले भन्नुभएको छ, ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु ।’

थापाले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको भन्दै गुनासो समेत गनुभएको छ । सो एजेण्डाको मूल संवाहकलाई राजाले राजनीतिक रुपमा समाप्त पार्न खोजेको पनि उहाँको आरोप छ ।

उहाँले लेख्नुभएको छ– ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना ।’

प्रतिक्रिया दिनुहोस !

नेपाली काँग्रेस प्रदेश- २ को अधिवेशन स्थगित, नेतृत्व चयन महाधिवेशनपछि मात्र हुने



काठमाडौ । नेपाली कांग्रेसको प्रदेश- २ को अधिवेशन उद्घाटनपछि स्थगित भएको छ । प्रदेश २ का धनुषाबाहेक केही जिल्लाबाट मतदाता नामावली नआएका कारण हाललाई अधिवेशन रोकिएको निर्वाचन समितिले बताए ।अब प्रदेश- २ को नेतृत्व चयन महाधिवेशनपछि मात्र हुने बताइएको छ। प्रदेश अधिवेशनको उद्घाटन भएको तीन दिन बितिसक्दा पनि मनोनय दर्तालगायत चुनावी प्रक्रिया अगाडि बढेको छैन।

यता प्रदेश सभापतिलगायत पदहरूमा आकांक्षीहरूले औपचारिक रुपमा उम्मेदवारीसमेत घोषणा गरिसकेका छन्।प्रदेशका ८ जिल्लाका ३२ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये हालसम्म सात वटा निर्वाचन क्षेत्रमा अधिवेशन नभएकाले प्रदेश अविधेशन स्थगित भएको निर्वाचन समितिले बताए।सर्लाहीका चार निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ ९ख०, सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४, र रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनोट हुन सकेका छैनन्।

सर्लाहीमा त अहिलेसम्म वडा अधिवेशनसमेत हुन सकेको छैन। निर्वाचन समितिकाअनुसार सर्लाही जिल्लामा अधिवेशनको प्रक्रियामा झमेला देखिएको छ।जिल्लाका निर्वाचन समितिहरूबाट प्राप्त हुनुपर्ने मतदाता नामावली साँझसम्म उपलब्ध नभएकाले पूर्वघोषित निर्वाचन तालिकाअनुसार शनिबार पनि मतदाता नामावली प्रकाशन हुन सकेन।

मतदाता नामावली नै प्रकाशन हुन नसकेको कारण आइतबार हुने भनिएको मनोनयन पत्र दाखिला पनि स्थगित भएको छ। रौतहट र सप्तरी जिल्लामा प्रतिनिधि छनोटको काम सम्पन्न भइसकेको बताइए पनि निर्वाचन समितिमा नामावली प्राप्त हुन सकेन।” श्रोतका अनुसार प्रदेशको नेतृत्व चयनको प्रक्रिया अब महाधिवेशनपछि मात्र हुनेछ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: