१९ मंसिर २०७८, आईतवार
 |   Sun Dec 5 2021
Logo

मेल भर्सनमा आयो ‘तिमी तारे भीर’, यसरी तयार भएकाे थियाे गीत (भिडियो सहित)



३२ वर्षअघिको कुरा हो । काठमाडाै‌ रातोपुल छेउमा रहेको पुरानो घरको कोठामा संगीतकार शान्तिराम राई र कवि श्रवण मुकारुङ ‘तिमी तारे भीर’ बोलको गीतमा संगीत भर्न व्यस्त थिए । रातको १ बजिसकेको थियो । रात छिप्पिँदै जाँदा पनि राईको देब्रे पाखुराले पुरानो हारमोनियमको पंखा चलाउन छाडेको थिएन । मुकारुङको हात गिटारबाट हटेको थिएन । ‘तिमी तारे भीर’ गाइरहन्छन् उनीहरू, निथ्रुक्कै भिज्छन् दुईका आँखा तर गीत गाउने धित मर्दैनन् उनीहरूको ।

लगत्तै गायिका पवित्रा सुव्बालाई गाउन दिइयो । गीत स्राेताको मनमुटुमा बस्न सफल भयो । सधै‌ गुनगुनाइहने कालजयी गीत बन्यो । ३२ वर्षपछि उही गीतलाई मेल भर्सनमा गायक रेवत राईको स्वरमा सार्वजनिक गरिएकाे छ ।

मेल भर्सनमा आएको त्यही गीतले संगीतकारलाई विगत तीन दशक अडाडि फर्काएको छ । ‘तिमी तारे भीर’को संगीत भर्नेक्रममा रुवाएको गीत मेल भर्सनमा आएपछि आफूलाई पुन: रुवाएको संगीतकार राईले सामाजिक सञ्जालमा लेखेका छन् ।

‘हातमा गिटार बजाउँदैछ श्रवण । गल्दै जाने देब्रे पाखुराले पुरानो हारमोनियमको कडा पंखा चलाउँदै हुन्छु म,’ राईले लेखेका छन्, ‘रातको १ बजे निथ्रुक्कै भिज्छ आँखा हाम्रो । र, पनि धितै नमर्ने गरी गाइरहेका हुन्छौँ । रातभरि गाएर नथाक्ने तिमीतारे भीर…। ठीक ३२ jर्षपछि यही गीतले फेरि रुवायो ।’

कवि तथा गीतकार मुकारुङले लेखेको, गायक तथा संगीतकार राईको संगीत रहेको भिडियोसहितको मेल भर्सनमा देवेश राईले संगीत संयोजन गरेका छन् । दर्जनौं चर्चित गीतमा स्वर दिइसकेका खोटाङका गायक रेवतले गाएपछि पुःन ‘तिमी तारे भीर’ले चर्चा पाएको छ ।

किरण चाम्लिङ राईको निर्देशनमा तयार पारिएको भिडियोमा चर्चित अभिनेता दयाहाङ राई, मिरुना मगर र बाल कलाकार नुमा राईको अभिनय छ । गीतको भिडियोमा मायाँ, प्रेम र मानिसको जीवनमा हुने वियोगान्त क्षणलाई चित्रण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !


कक्षा १२ उत्तीर्ण भइन् करिश्मा मानन्धर, ग्रामीण विकास पढ्ने रहर



काठमाडौं, १७ मंसिर

नायिका करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा उनी उत्तीर्ण भएकी हुन् ।

आफू कक्षा १२ उत्तीर्ण भएको करिश्माले न्युज कारखानालाई जानकारी दिइन् । ‘म दुईवटा विषयमा ए प्लस ल्याएँर पास भएँ’, न्युज कारखानासँग भनिन्, ‘तर, समग्रमा मेरो २.४१ जीपीए आएको छ ।’

गोदावरीस्थित किटनी कलेजबाट कक्षा १२ उत्तीर्ण गरेकी उनी अब ग्रामीण विकास विषय लिएर स्नातक अध्ययन गर्ने तयारीमा रहेको बताइन् ।

‘म अब ग्रामीण विकास लिएर पढ्ने इच्छा छ’, उनले भनिन्, ‘यही कलेज (किटनी कलेज)मा ग्रामीण विकास छ कि छैन । बुझ्नुपर्नेछ ।’

किटनी कलेजमा ग्रामीण विकास विषय नभएमा उनले कलेज परिवर्तन गर्ने जानकारी दिइन् ।

यसैबीच गायिका रचना रिमाल पनि कक्षा १२ उत्तीर्ण भएकी छन् ।

प्रतिक्रिया दिनुहोस !

हलेसीमा कोभिडपछिको ठूलो मेला, आज सार्वजनिक बिदा



खोटाङ, १७ मंसिर  

खोटाङको त्रि-धार्मिक स्थल हलेसीमा दुई वर्षपछि बालाचतुर्दशी मेला लागेको छ । कोभिड-१९ को महामारीका कारण गत वर्ष स्थगित गरिएको बालाचतुर्दशी मेला यस पटक लागेको हो । हलेसीमा कोभिड सुरू भए यताकै ठूलो मेला लागेको हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्बरबहादुर भुजेलले बताए । 

बालाचतुर्दर्शीको अवसरमा हलेसीमा बिहीबारदेखि नै ठूलो मेला सुरू भएको छ । बालाचतुर्दर्शीका दिन हलेसीमा आफ्ना दिवंगत आफन्तको सम्झनामा शतबिज छर्नका लागि दर्शनार्थीको बाक्लो भिड लागेको थियाे । मेला भर्न तथा दर्शन गर्नका लागि हलेसीमा जिल्लाभित्र तथा बाहिरका हजारौं दशानार्थीको घुइँचो लागेको हलेसी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

हलेसीमा बालाचतुर्दशी मेलाको अगाडि र पछाडि गरी हप्ता दिनसम्म मेला लाग्ने गरेको छ । कोभिडका कारण ८ चैत २०७७ देखि १६ मंसिर २०७७ तथा चालु आर्थिक वर्षको १५ वैसाखदेखि २७ भदौसम्म हलेसी बन्द गरिएको थियो । 

भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किराँती समुदायका पुर्खाले पत्ता लगाएको, पद्मसंभवले बोधिसत्व प्राप्त गरेको, नजिकै किरात समुदायको आदिम थलो तुवाचुङ स्थल रहेको लगायतका आधारमा हलेसीलाई त्रि-धार्मिकस्थल मान्ने गरिएको छ ।

मेलाका लागि सार्वजनिक बिदा 

बालाचतुर्दशी मेलाको अवशरमा हलेसी तुवाचुङ नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानमा पर्ने हलेसीमा लाग्ने मेलालाई लक्षित गर्दै नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको हो । 

हिन्दु, किराँत र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीमा लाग्ने मेलाई थप बृहत बनाउनका लागि नगरपालिकाले प्रत्येक मेलाको अवसरमा सार्वजनिक बिदा दिँदैआएको छ । 

यस्तै, बालाचतुर्दशी मेलाकै अवसरमा रावाबेँसी गाउँपालिकाले पनि सार्वजनिक बिदा दिएको छ । रावाबेँसी गाउँपालिका-६ हौंचुरको जुडी महादेवस्थान मन्दिरमा लाग्ने मेलालाई लक्षित गर्दै गाउँपालिकाले एक दिन सार्वजनिक बिदा दिएको हो ।  

Avatar

प्रतिक्रिया दिनुहोस !

कथाकार पराजुलीको ‘मोम्चो कथासङ्ग्रह’ प्रकाशन



युवापुस्ताका चर्चित कथाकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम कथा सङ्ग्रह ‘मोम्चो’ प्रकाशनमा आएको छ ।

भूँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो कृतिमा ११ कथालाई समावेश गरिएको छ । विशेष गरी ती कथामा चेपाङ समुदायमा बढ्दो बालविवाह र यसपछि महिलाले भोग्नुपरेका विविध समस्यालाई जीवन्त र सजीव रुपमा उतारिएको छ । साथै पितृसतात्मक समाजका कारण नारीले भोग्नुपरेका समस्या र सङ्घर्ष मार्मिक रुपमा सरल भाषामा प्रस्तुत गरिएको प्रालिका प्रबन्ध निर्देशक केशव पराजुलीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ कथाकार वसन्तका कथा नारीवादी हुन्छन् । नारीका व्यथा र चित्कारलाई यथार्थ प्रस्तुत गरिएका हुन्छन् । ”

कथाकार वसन्तको यसअघि ‘कुमाता’ कथा सङ्ग्रह प्रकाशित भइसकेको छ । कृति अहिले तेस्रो सस्करणमा प्रकाशित हुँदै छ ।

‘मोम्चो’ शब्दको अर्थ चेपाङ भाषामा महिला वा नारी भन्ने हुन्छ । आख्यानकार वसन्तले भन्नुभयो “ कथाङ्ग्रह भित्रको शीर्ष मोम्चो कथाबाट कृतिको नामकरण गरेँ । विशेषगरी चेपाङ समुदायमा बढ्दो बालविवाह र यसपछि महिलाले भोग्नुपरेका समस्यालाई कथामा केिन्द्रत गरेको छु ।”

यही मङ्सिर १९ गते अक्षर समूह चितवनको आयोजनामा कृतिको सार्वजानिक हुने उहाँले जानकारी दिनुभयो । सोही अवसरमा कृतिमाथि वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन र आख्यानकार अश्विनी कोइरालाले समीक्षा गर्नुहुने समूहका अध्यक्ष प्रभाकर पण्डितले बताउनुभयो ।

वरिष्ठ सञ्चारकर्मी वसन्त लामोसमयदेखि ‘गोरखापत्र दैनिक’का चितवन जिल्ला समाचारदातामा कार्यरत हुनुहुन्छ । उहाँ तीन दशक भन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: