१४ मंसिर २०७८, मंगलवार
 |   Tue Nov 30 2021
Logo

विप्लव नेतृत्वकाे नेकपाले मनायो पार्टी पुनर्गठन दिवस



सिन्धुपाल्चोक, ८ मंसिर

सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आठौँ पार्टी पुनर्गठन दिवसको उपलक्ष्यमा बुधबार र्‍यालीसहित सभाको आयोजना गरेकोे छ। चौतारा बजारको भिन्तुनाचोकबाट निकालिएको र्‍याली मुख्य बजार हुँदै टुंडिखेलमा पुगेर सभामा परिणत भएकाे थियाे ।

र्‍यालीमा सहभागीहरूले ‘दलालहरु होसियार’, ‘एमसीसी मुर्दावाद’, ‘मूल्यवृद्धि खारेज गर’, ‘आदेश देउ विप्लव दाइ युद्ध गर्न तयार छौं’, ‘एकीकृत जनक्रान्ति जिन्दावाद’, जस्ता नारा लगाएका थिए ।


प्रतिक्रिया दिनुहोस !


बालिका मृत्युकाे विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप, नाै जना सुरक्षाकर्मी घाइते



कपिलवस्तु, १४ मंसिर

सवारी दुर्घटनामा बालिका मृत्युको विषयलाई लिएर प्रहरी र स्थानीयबीच झडप हुँदा नाै जना सुरक्षाकर्मी घाइते भएका छन् । यशोधरा गाउँपालिका ६ सुठौली कार्यालय नजिकै लु ३ त ७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा १२ वर्षीय बालिका सुमन यादवकाे मृत्यु भएकाे थियो ।

मृत्युको विषयलाई लिएर सवारी साधन तोडफोड गर्न खोजेका स्थानीयवासी र प्रहरीबीच झडप भएको हाे ।  स्थितिलाई नियन्त्रणमा ल्याउन प्रहरीले पाँच राउण्ड र सशस्त्र प्रहरीले ६ राउण्ड अश्रु ग्यास फायर गरेका थिए ।  झडपमा परी प्रहरी निरीक्षक विजय सिंह, प्रहरी सहायक निरीक्षक पराग यादव, प्रहरी हवलदार कैलासकोटी चौधरी, प्रहरी जवान भुवन घर्ती, बाल गोविन्द कुर्मी, अनिल थारु, राज कुमार तेली, विवेक खत्री र कमल थापा घाइते भएका छन् ।  

अश्रु ग्यास प्रहारपछि प्रहरीले भिड नियन्त्रणमा लिएको थियो । अहिले अवस्था सामान्य रहेको छ । 

प्रतिक्रिया दिनुहोस !

एमाले महाधिवेशन : मतगणना सुरू, दुई घण्टामा परिणाम आउने



काठमाडौं, १४ मंसिर 

नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ । केहीबेर अघिबाट भएको मतदानको परिणाम दुई घण्टामा आउने बताइएको छ । 

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । 

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको प्रतिस्पर्धा छ । 
 

प्रतिक्रिया दिनुहोस !

एमाले महाधिवेशन : २०९६ मत खस्यो, अब मतगणना सुरू हुने



चितवन, १४ मंसिर 

नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा दुई हजार ९६ मत खसेको छ । 

कुल मतदाता दुई हजार १५३ जना रहेकामा दुई हजार ९६ मत खसेको निर्वाचन अधिकृत कमद पाठकले जानकारी दिए । उनकाअनुसार अबको केहीबेरमै मतगणना सुरू हुनेछ । 

विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै नै परिणाम आउने बताइएको छ । मतदान सकिएसँगै मुचुल्का उठाउने काम भइरहेको र अब केही समयमै मतगणना सुरू हुने अधिकृत पाठकले बताए । 

मतगणना भएको दुई घण्टामै परिणाम आउने अध्यक्ष पदका उम्मेदवार भीम रावलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: