१६ मंसिर २०७८, बिहीबार
 |   Thu Dec 2 2021
Logo

सामाजिक सुरक्षा भत्ता बुझ्नै सास्ती



a}ªsdfkm{t ;fdflhs ;’/IffeQf M zf/Ll/s czQmtf ePsf nfeu|fxLnfO{ ;f:tL aemfª, ( dªl;/ M :yfgLo txn] a}ªsdfkm{t ;fdflhs ;’/IffeQf ljt/0f ug{ yfn]kl5 aemfªsf u|fdL0f If]qsf Ps zf/Ll/s czQmtf ePsf JoQmnfO{ eQf a’emgsf nflu :yfgLo a}ªstk{m nfFb} . ;fdflhs ;’/IffeQf ljt/0fdf clgoldttf x’g yfn]kl5 ;a} :yfgLo txn] ;fdflhs ;’/IffeQf ljt/0fdf a}lͪ k|0ffnL ckgfPsf 5g . ;fdflhs ;’/Iff eQfsf nflu a}ªs vftf vf]Ng / e’QmfgLsf nflu a}ªs k’Ug’ k/]kl5 Ho]i7 gful/s, Psn dlxnf / zf/Ll/s czQmtf ePsf JolQmn] ;f:tL ef]Ug’k/]sf] 5 . t:jL/ M /d]z s];L÷/f;;

बझाङ, ९ मङ्सिर (रासस) : स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि बझाङका ग्रामीण क्षेत्रका लाभग्राहीलाई सास्ती भएको छ ।

सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरणमा बैंकिङ प्रणाली अपनाएका छन् । सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न र भुक्तानीका लागि बैंक पुग्नु परेपछि ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिले सास्ती भोग्नुपरेको छ । जिल्लाका १२ वटा स्थानीय तहमध्ये साइपाल गाउँपालिकामा मात्र बैंक स्थापना भएको छैन । साइपाल गाउँपालिकाले तल्कोट गाउँपालिकामा रहेको एभरेष्ट बैंक र सदरमुकाम चैनपुरबाट कारोबार गरिरहेको छ ।

बंैक खाता अनिवार्य गरेपछि बैंकसम्म पुग्न भौगोलिक कठिनाइले सकस हुने भएपछि बुङ्गल नगरपालिकाले भने कृषि विकास बैंकका कर्मचारीसहित नगरपालिकाले ११ वटै वडामा बैंक खाता खोल्न वडा कार्यालयमै पुगेर शिविर सञ्चालन गरेको बुङ्गल नगरपलिकाका निमित्त प्रमुख प्रसासकीय अधिकृत भरत रोकायाले बताउनुभयो ।

बुङ्गल नगरपालिका–२ सलकाट्टेकी लक्ष्मी पटकीदेवी धामी ८५ वर्ष पुग्नुभयो । उहाँलाई हिँडडुल गर्न निकै सकस हुन्छ । यसअघि घरमै भत्ता बुझ्दै आउनुभएकी धामीले यसपालि भने बैंकबाटै भत्ता बुझ्ने हुनुभएको छ । सरकारले बैंकबाट मात्र भत्ता दिने भएपछि गाउँलेले बोकेर उहाँलाई वडा कार्यालयमा आएको शिविरमा पु¥याए । लेखपढ गर्न नजान्ने र राम्ररी आँखा पनि नदेख्ने धामीलाई बैंकमार्फत भत्ता बुझ्ने काम झन्झटिलो लागेको छ ।

उहाँले भन्नुभयो, “एक घण्टाको बाटोमा त गाउँका दाजुभाइले बोकेर ल्याए । बैंक पुग्न दुई घण्टा हिँडनुपर्छ सरकारले भत्ता दिएर त राम्रै काम गरेको थियो । तर भत्ता बाँडने काम झन्झटिलो भयो ।” भौगालिक कठिनाइका कारण उहाँलाई मात्र नभएर सबै ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिले बैंकबाट भत्ता लिनुपर्ने भएपछि निकै सास्ती भएको स्थानीयवासीको भनाइ छ ।

बुङ्गल नगरपलिकाको लौनेबाट वडा कार्यालयसम्म पुग्न पाँच घण्टा हिँडनुपर्छ । वडा कार्यलयबाट साना सवारी जीप चढेर झण्डै दुई घण्टाको यात्रापछि कृषि विकास बैंकको बुङ्गल शाखामा पुगिन्छ । पहिलेभन्दा अहिले भत्ता लिन धेरै झन्झट व्यहोर्नुपरेको सेवाग्राहीको भनाइ छ । बैंकसम्म पुग्न दुई दिन लाग्छ । बैंकमा पुगे पनि घण्टौँ लाइनमा बस्नुपर्छ । एकातिर समयको खर्च अर्कातिर सरकारले दिएको भत्ता पनि बैंक जाँदा गाडी भाडा र खाना खर्चमै सकिन्छ ।

भौगोलिक हिसाबले निकै टाढा रहेका जिल्लाका ग्रामीण बस्तीका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले भत्ता बुझ्न घण्टौँ पैदल हिँडेर बजार पुग्नुपरेको उहाँको भनाइ छ । बझाङका अधिकांश लाभग्राही अहिले सामाजिक सुरक्षा भत्ता बुझ्नकै लागि कम्तीमा दुई घण्टादेखि एक दिन हिँडेर बैंक पुग्ने गरेका छन् । बैक पुगे पनि चेकमा लेख्न लगाउनुपर्ने, घण्टौँ लाइनमा बस्नुपर्ने, घर फर्कन गाडी कुर्नुपर्ने, बुढेसकालमा घण्टौँ हिँडनुपर्ने बाध्यता रहेको उहाँहरूको गुनासो छ । कहिलेकाहीँ बैंकमा इन्टरनेटले काम नगर्दा रित्तै हात फर्कनुपर्दा झन् समस्या हुने गरेको छ ।

गाउँनजिकै बैंक नहुने र टाढा–टाढाका बैंकमा खाता खोल्नुपर्ने बाध्यता हुँदा सामाजिक सुरक्षा भत्ता बुझ्ने जिल्लाका सयौँ बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक भत्ता बुझ्न बैंक जानुपर्ने बाध्यताबाट पीडित छन् । यसअघि सम्बन्धित वडा कार्यालयबाट घरैमा गएर सामाजिक सुरक्षा भत्ता दिँदै आएकामा सरकारले बैंकिङ प्रणालीबाट दिन सुरू गरेपछि नागरिकलाई सास्ती भएको हो । स्थानीय सरकारमार्फत सरकारले सामाजिक सुरक्षा भत्ता सहजरूपमा वितरण गरिनुपर्ने लाभग्राहीको माग छ ।


प्रतिक्रिया दिनुहोस !


गण्डकी कांग्रेसमा विवाद : बोल्न नपाएको निहुँमा नाराबाजी, मनोनयन शुल्क घटाउन माग



पोखरा, १६ मंसिर

गण्डकी प्रदेशको जारी अधिवेशनअन्तर्गत बिहीबार उद्घाटन सभामै नाराबाजी भएको छ । आफ्नो पक्षका उम्मेद्वार आकांक्षीलाई बोल्न नदिएको भन्दै संस्थापनइतरका नेता कार्यकर्ताले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सभापति पदका उम्मेद्वार अर्जुन जोशी बोलेपछि संस्थापनइतरका आकांक्षीले आफुहरू पनि बोल्न पाउनुपर्ने माग राखे ।

यहाँ संस्थापनबाट जोशी निर्विकल्प उम्मेद्वार बनेका छन् भने इतर पक्षले उम्मेद्वार टुंग्याउन सकेको छैन । कास्कीबाट शुक्रराज शर्मा, देवराज चालिसे र यज्ञबहादुर थापा आकांक्षी छन् । विवादपछि तीनै जनालाई बोल्न दिइएको छ । कांग्रेस कास्कीका सचिव भानु ढकालको नेतृत्वमा असन्तुष्टहरूले नाराबाजी गरेका हुन् ।

यसैबीच, संस्थापनइतरका नेताहरूले उम्मेद्वारी शुल्क अत्यधिक चर्को भएको भन्दै घटाउन माग गरे । नेता महादेव गुरुङले यो शुल्क तिरेर कोही पनि उम्मेद्वार बन्न नसक्ने बताए । गण्डकी कांग्रेसको सभापति उम्मेद्वार बन्न ९१ हजार शुल्क छ । उपसभापतिमा ६१, महामन्त्रीमा ५१, सहमहामन्त्रीमा ४१ र सदस्यको नाम दर्ता गराउन ३१ हजार तोकिएको छ । यस्तै, प्रवेश शुल्कका लागि २ हजार ५ सय छ ।

कार्यक्रम स्थलमै विरोध भएपछि केन्द्रीय निर्वाचन कमिटीले तोकेकै मूल्य कायम हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

इन्द्र लोहनीकी आमाको नजरमा चर्चित टेलिभिजन प्रस्तोता



झापा, १६ मंसिर

करिब १३ वर्षअघि हृदयाघातका कारण निधन भएका इन्द्र लोहनीलाई टेलिभिजन टक शोका चर्चित प्रस्तोता र अधिवक्ताका रूपमा त्यसताका धेरैले चिनेका थिए । तर, पछिल्लो पुस्ताका लागि उनको नाम गुमनाम प्रायः छ । उनलाई जान्नेहरू टेलिभिजन टक शोमा यतिको आँटिलो र खरो बहस गर्ने आजपर्यन्त नभेटिएको बताउने गर्छन् । कडा प्रश्न सोधेर नेताहरूलाई नै आच्छुआच्छु पार्ने लोहनी यो संसारमा छैनन् ।

उनै लोहनीको आमा हरिमाया लोहनीले छोरा मिडियामा बोल्दा मात्र त्यो समयकाले आफूहरूलाई चिन्ने गरेको बताउँछिन् । ‘घरभरी नेताहरूको भिड हुन्थे, जागिर लगाइदिनुप¥यो, सरुवा बढुवा गर्नुपर्‍यो भनेर कोशेलीसहित लाम लाग्थे’, हरिमायाले सम्झिइन्, ‘छोरा (इन्द्र लोहनी) कहिल्यै प्रभोलनमा परेन्, कसैले औँला ठड्याउने काम गरेन ।’

आमा हरिमाया आज छोरो यो संसारमा नभए पनि उनले लिएको अन्तर्वार्ता झल्झली सम्झिन्छिन् । ठूलो छोराको निधनपछि आफूलाई कसैले नचिनेको गुनासो गर्छिन् । ‘अहिले नचिनेजस्तो गर्छन्, नजाने जस्तो गर्छन्, ऊ जतिको आँटिलो र ट्यालेन्ट कोही देख्या छैन्’, उनले भावुक हुँदै भनिन्, ‘मेरो छोरा भनेर मात्र राम्रो भनेको हैन कि मलाई आफ्नै छोरा भएर राम्रो लागेको हो । त्यो मुल्याङ्कन गर्ने जिम्मा हजुरहरूको पनि हो ।’

त्यसताका पुष्पकलम दाहाल प्रचण्ड, बाबुराम भट्टराई, केपी शर्मा ओलीको अन्तर्वार्ताहरूले निकै ख्याती कमाएको थियो । ‘कार्यक्रम हेर्ने सबैले पत्रकार भनेको यस्तो हुनुपर्छ भन्थे । न उ पक्ष, न उ विपक्ष, निष्पक्ष थियो, त्यही भएर जनताको पत्रकार बन्यो’, भावुक हुँदै हरिमायाले सुनाइन् ।
कडा प्रश्न सोध्दा छोरालाई कसैले केही गर्लान् जस्तो लाग्दैन थियो भन्ने प्रश्नमा उनी भन्छिन्, ‘मलाई डर लाग्दैनथ्यो । तर, मैले उस (इन्द्र)लाई डर लाग्दैन भनेर सोध्थेँ, उसले तपार्इंको आशिर्वाद भइन्जेल केही हुँदैन भन्थ्यो । ’

ऋषि धमला बढी हल्ला गर्ने, विजय कुमार रसिलो लाग्दैन

पछिल्लो समय टिभी टक शोमा ऋषि धमाला, विजय कुमार, भुषण दाहाल, टीकाराम यात्री, राजेन्द्र बानियाँ, रवि लामिछानेसहितका प्रस्तोता देखिएका र देखिँदै आएका छन् । तर, ऋषि धमाला ‘दम’ नभएको प्रस्तोता रहेको हरिमायाको बुझाइ छ । ‘प्रश्न त जसले पनि सोध्न सक्छ नि’, उनी भन्छिन्, ‘त्यो प्रश्नको उत्तर आफैंतिर र्फिर्कयो भने नि ? जबाफ दिन सक्नुपर्छ ।’

भुषण दाहाल, रवि लामिछानेको प्रस्तुति ठिकै र विजय कुमारको पनि टक शो खासै रसिलो नलाग्ने गरेको उनले बताइन् । ‘यो मेरा कुरा हुन्, तर उनीहरूलाई नराम्रो भन्न खोजेको होइन नि’, उनले भनिन् ।

जडीबुटीबाट उपचार गर्ने अन्तिम इच्छा

औषधिको नाममा विदेशमा पैसा गएको भन्दै जडीबुटीबाट उपचार गरेर बिरामीको सेवा गर्ने इन्द्र लोहनीको अन्तिम इच्छा रहेको आमा हरिमायाले स्मरण गरिन् । ‘औषधिको नाममा धेरै पैसा विदेश गयो, त्यो रोक्नुपर्छ आमा भन्थ्यो’, उनले सम्झिँदै भनिन्, ‘घरमा आएर छोरा खेतमा जाने, जडीबुटीको बिरुवा लगाउने गर्थ्यो ।’

देशले चिनेको छोरोलाई आफ्नै गाउँवासीले बिर्सिएको उनले गुनासो गरिन् । ‘छोरा मिडियामा हुँदा यस्तो उस्तो भनेर तारिफ गर्थे, अहिले कसैले चिन्दैनन्, संसार त यस्तै रहेछ’, उनले भनिन् ।

हरिमायाले छोरा इन्द्रलाई गुमाए पनि देशका सबै छोराहरू आफ्नो छोरा भएको बताउँछिन् । ‘सबै छोराहरू मिलेर समृद्ध देश बनाउन लाग्नुपर्ने उनको सुझाव छ । उमेरले ७१ पार गरिसकेकी हरिमाया अहिले घरमा बसेर सुइटर बुन्ने गर्छिन् । घर वरपर जडीबुटीका बिरुवा लगाएकी छिन् ।

झापा गौरादह घर भएकी हरिमाया छोरा इन्द्रको परिचयबाट भन्दा आफ्नै परिचयले चिनिन मनपर्ने बताइन् । सबैको आफ्नै परिचय छ, म मेरो परिचयले नै चिनिन चाहन्छु’, उनले भनिन् । साहित्यमा अब्बल हरिमायाले एउटा मेरी आमा नेपाल नामक पुस्तक पनि प्रकाशन गरेकी छिन् ।

(पत्रकार तेजन खड्काले हरिमाया लोहनीसँग गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस !

विप्लवको पार्टीका ७ दर्जन बढी एकीकृत समाजवादीमा प्रवेश (नामावलीसहित)



काठमाडौं । केही समयअघि शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहका आठ दर्जन बढी युवाहरु माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश भएका छन् । काठमाडौंमा भएको १५ गते डीबी लामिछानेको नेतृत्वमा शिव राई, एलबी मगरसहित विप्लवका पार्टीका ८१ जना समाजवादीमा प्रवेश भएका हुन् । पार्टीमा माधव नेपालले टिका लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: