१४ मंसिर २०७८, मंगलवार
 |   Tue Nov 30 2021
Logo

एमाले महाधिवेशन : अध्यक्ष ओली चितवनमा, २३ सय प्रतिनिधि सहभागी, १३० पर्यवेक्षक



काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबारदेखि चितवनमा सुरु हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि चितवन पुग्नु भएको छ ।अध्यक्ष ओलीलाई नेकपा एमालेका नेता तथा कार्यकर्ताले भरतपुर विमानस्थल स्वागत गरेका थिए । एमालेको १० औं महाधिवेशन नारायणी नदी किनारमामा शुक्रबार बिहान उद्घाटन हुँदैछ ।मंसिर १२ गतेसम्म चल्ने महाधिवेशनको बन्द सत्र भने सौराहामा हुनेछ । महाधिवेशनमा सहभागी हुन क्षेत्रीय प्रतिनिधिहरु पुग्ने क्रम जारी रहेको छ । महाधिवेशनमा २३ सय प्रतिनिधि सहभागी हुनेछन् । यसअघि गत कात्तिक २७ गते देशभरबाट १९ सय ९९ प्रतिनिधि निर्वाचित भएका थिए ।

महाधिवेशनमा १ सय ३० पर्यवेक्षक सहभागी हुने भएका छन् । महाधिवेशनले १५ पदाधिकारीसहित २ सय २५ केन्द्रीय कमिटी तथा लेखा र अनुशासन आयोगमा १५÷१५ जना निर्वाचित गर्ने छ ।प्रतिनिधिका लागि सौराहाका होटलहरु बुक गरेको नेकपा एमालेले ३ हजार ५ सय वटा कोठाका लागि यसअघिनै सम्झौता गरिसकेको छ । क्षेत्रीय होटलसंघ सौराहाका अध्यक्ष दिपक भट्टराइका अनुसार एमालेले सम्झौता गरेको कोठामा शुक्रबारबाट प्रतिनिधिहरु भरिन सुरु हुने जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस !


बालिका मृत्युकाे विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप, नाै जना सुरक्षाकर्मी घाइते



कपिलवस्तु, १४ मंसिर

सवारी दुर्घटनामा बालिका मृत्युको विषयलाई लिएर प्रहरी र स्थानीयबीच झडप हुँदा नाै जना सुरक्षाकर्मी घाइते भएका छन् । यशोधरा गाउँपालिका ६ सुठौली कार्यालय नजिकै लु ३ त ७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा १२ वर्षीय बालिका सुमन यादवकाे मृत्यु भएकाे थियो ।

मृत्युको विषयलाई लिएर सवारी साधन तोडफोड गर्न खोजेका स्थानीयवासी र प्रहरीबीच झडप भएको हाे ।  स्थितिलाई नियन्त्रणमा ल्याउन प्रहरीले पाँच राउण्ड र सशस्त्र प्रहरीले ६ राउण्ड अश्रु ग्यास फायर गरेका थिए ।  झडपमा परी प्रहरी निरीक्षक विजय सिंह, प्रहरी सहायक निरीक्षक पराग यादव, प्रहरी हवलदार कैलासकोटी चौधरी, प्रहरी जवान भुवन घर्ती, बाल गोविन्द कुर्मी, अनिल थारु, राज कुमार तेली, विवेक खत्री र कमल थापा घाइते भएका छन् ।  

अश्रु ग्यास प्रहारपछि प्रहरीले भिड नियन्त्रणमा लिएको थियो । अहिले अवस्था सामान्य रहेको छ । 

प्रतिक्रिया दिनुहोस !

एमाले महाधिवेशन : मतगणना सुरू, दुई घण्टामा परिणाम आउने



काठमाडौं, १४ मंसिर 

नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ । केहीबेर अघिबाट भएको मतदानको परिणाम दुई घण्टामा आउने बताइएको छ । 

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । 

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको प्रतिस्पर्धा छ । 
 

प्रतिक्रिया दिनुहोस !

एमाले महाधिवेशन : २०९६ मत खस्यो, अब मतगणना सुरू हुने



चितवन, १४ मंसिर 

नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा दुई हजार ९६ मत खसेको छ । 

कुल मतदाता दुई हजार १५३ जना रहेकामा दुई हजार ९६ मत खसेको निर्वाचन अधिकृत कमद पाठकले जानकारी दिए । उनकाअनुसार अबको केहीबेरमै मतगणना सुरू हुनेछ । 

विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै नै परिणाम आउने बताइएको छ । मतदान सकिएसँगै मुचुल्का उठाउने काम भइरहेको र अब केही समयमै मतगणना सुरू हुने अधिकृत पाठकले बताए । 

मतगणना भएको दुई घण्टामै परिणाम आउने अध्यक्ष पदका उम्मेदवार भीम रावलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: