१९ मंसिर २०७८, आईतवार
 |   Sun Dec 5 2021
Logo

सुदूरपश्चिमबाट १० हजार एमाले कार्यकर्ता सौराहा प्रस्थान



धनगढी । सुदूरपश्चिमबाट तीन सय बढी सवारीमार्फत १० हजार बढी एमालेका कार्यकर्ता १० औं महाधिवेशनका लागि चितवनको सौराहा गएका छन् । प्रदेशका ९ जिल्लाबाट १० हजार बढी कार्यकर्ता, महाधिवेशन प्रतिनिधि तथा व्यवस्थापक सौराहा गएका छन्,’ नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सचिव राजेन्द्र रावलले भने, ‘उनीहरूले तीन सय बढी सवारी साधन बुकिङ गरेर लगेका छन् ।’ सुदूरपश्चिमबाट धेरै कायकर्ता निजी सवारीमार्फत पनि सौराहा गएका कारण सवारीको संख्या र व्यक्तिको संख्या बढ्न सक्ने उनले बताए ।

१०औं राष्ट्रिय महाधिवेशनका लागि बझाङबाट दुई हजार बढी कार्यकर्ता चितवन गएका छन् । बझाङबाट ९ वटा बस, १२ भन्दा बढी स्कारपियो सौराहा गएका नेकपा एमाले छविस पाथिभेरा गाउँपालिका अध्यक्ष रामप्रसाद भट्टले बताए । उनका अनुसार स्थानीय तहका जनप्रतिनिधि आफै व्यवस्था गरेर सौराहा गएका छन् । नेकपा एमाले डडेल्धुराका अनुसार डडेल्धुराबाट ३ सय बढी कार्यकर्ता चितवन गएका छन् । डडेल्धुराबाट १५ वटा साना ठूला सवारी बुकिङ गरेर उनीहरू चितवन प्रस्थान गरेको एमाले डडेल्धुराका अध्यक्ष प्रकाश साउँदले बताए ।

यसैगरी डोटीबाट पनि तीन सय बढी कार्यकर्ता सौराहा गएका छन् । एमाले डोटी जिल्लाकी नेता तथा दिपायल सिलगढी नगरपालिकाकी मेयर मञ्जु मलासीका अनुसार महाधिवेशन प्रतिनिधि, शुभेच्छुक, जिल्ला कमिटी सदस्यसहित साढे तीन सय कार्यकर्ता ६ सार्वजनिक बस, ७ वटा स्कारपियो बुकिङ गरेर सौराहा गएका हुन् ।

बाजुराबाट २१ वटा गाडीमा १५ सय बढी कार्यकर्ता सौराहा गएका नेकपा एमालेका जिल्ला कमिटी सदस्य राजनकुमार रोकायाले बताए । जिल्ला कार्यसमिति सदस्य, एमाले वडा तथा पालिका कमिटी सदस्य, कार्यकर्तासहित एक हजार पाँच सय जना सौराहा गएको उनले बताए । अछामबाट तीन सय बढी एमालेका कार्यकर्ता सौराहा गएका छन् । जिल्लाबाट ८ वटा सार्वजनिक बस र ९ वटा स्कारपियो बुकिङ गरेर महाधिवेशन प्रतिनिधि तथा एमाले कार्यकर्ता सौराहा गएका एमालेका प्रदेश सचिव राजेन्द्र रावलले बताए । अछामबाट निजी सवारीमार्फत बढी कार्यकर्ता सौराहा गएका उनले बताए ।

यसैगरी बैतडीबाट ९ बस र १२ वडा स्कार्पीयो बुकिङ गरेर महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ता सौराहा गएका छन् । एमालेका जिल्ला कमिटी सदस्य लोकबहादुर भण्डारीका अनुसार बैतडीका सबै वडा कमिटी सदस्य, जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि तथा साधारण कायकर्ता सौराहा गएका छन् । दार्चुलाबाट महाधिवेशनका लागि १२ जना महाधिवेशन प्रतिनिधिसहित ५० जनाको टोली चितवन गएका नेकपा एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले बताए ।

सुदूरपश्चिममा सबैभन्दा बढी कार्यकर्ता कैलालीबाट सौराहा गएका छन् । कैलालीका १ सय २६ वटै वडाबाट एउटा सवारी सौराहा गएको एमाले कैलालीका उपाध्यक्ष रणबहादुर चन्दले बताए । यसका साथै महाधिवेशन प्रतिनिधि, व्यवस्थापक, जिल्ला कार्यसमितिका पदाधिकारी गरी १ सय १५० वटा सवारी चितवनतर्फ गएका उनले बताए ।

‘एउटा वडाबाट कम्तीमा एउटा सवारी बुकिङ भएर सौराहा गएको छ,’ उपाध्यक्ष चन्दले भने,‘जिल्ला, कमिटी, पालीका कमिटी र महाधिवेशन प्रतिनिधि पनि आफ्नै व्यवस्था गरेर गएका छन् । त्यस बाहेक धेरै कार्यकर्ता आफ्नै निजी सवारीमार्फत सौराहा गएका छन् ।’ कैलालीबाट पाँच हजार भन्दा बढी एमालेका कार्यकर्ता सौराहा गएको अनुमान गरिएको उनले बताए । नेकपा एमालेका प्रदेश सचिव राजेन्द्र रावलले ठूलो संख्यामा चितवन पठाइएको बताएका छन् । सुदूरपश्चिमबाट एमालले १ सय ७० जना महाधिवेशन प्रतिनिधि छनोट गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !


माओवादी केन्द्रको राष्ट्रिय भेलाः गुरुङको भागमा विधान, हितमानलाई व्यवस्थापनको जिम्मा



काठमाडौं, १९ मंसिर

नेकपा माओवादी केन्द्रले आगामी ११–१३ पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि कार्यविभाजन गरेको छ । 

स्थायी कमिटीको बैठकपछि जारी गरिएको सर्कुलरअनुसार माओवादीको विधान परिमार्जन गर्ने जिम्मा स्थायी कमिटी सदस्य देव गुरुङले पाएका छन् । उनको संयोजकत्वमा गठन भएको विधान परिमार्जन समितिले पार्टीको आगामी विधानको परिमार्जित मस्यौदा राष्ट्रिय सम्मेलनमा पेस गर्नेछ । 

त्यसैगरी काठमाडौंमा हुने सम्मेलनको मूल व्यवस्थापनको जिम्मा हितमान शाक्य नेतृत्वको सात सदस्यीय कमिटीले पाएको छ । 

सम्मेलनको प्रचारको काम भने प्रवक्ता कृष्णबहादुर महरा नेतृत्वमा गठित उपसमितिले गर्नेछ । 

सर्कुलरअनुसार सम्मेलनमा सहभागी हुने प्रतिनिधकिो छनोट मंसिर मसान्तसम्ममा सक्नुपर्नेछ । सम्मेलनमा सहभागी कुल सदस्यको ५ प्रतिशत प्रतिनिधि केन्द्रले मनोनयन गर्ने परिपत्रमा उल्लेख छ । हरेक प्रदेशवाट ३० जनाका दरले र एक हजार पाँच सय संगठित सदस्य बराबर एकजनाले सम्मेलनमा भाग लिन पाउनेछन् । 

प्रदेशबाट प्रतिनिधित्व गर्ने ३० मध्ये एकजना अपांगता भएका र सशस्त्र विद्रोहमा घाइते भएकाहरू अनिवार्य समेटिनुपर्ने परिपत्रमा उल्लेख छ । 
 

प्रतिक्रिया दिनुहोस !

पराजित कमल थापाले भने- ‘पुरस्कार पाएँ, राजाको भलो होस्



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित भएको कमल थापाले विजयी राजेन्द्र लिङ्देनलाई बधाइ दिनु भएको छ । थापालाई २२७ मतान्तरले पराजित गर्दै लिङ्देन अध्यक्षमा निर्वाचित हुनुभएको हो ।पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाउनुभएको छ । यद्यपि, उहाँले पराजयलाई सहर्ष स्वीकार गर्ने बताउनुभएको छ ।

‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना’, उहाँले भन्नुभएको छ, ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु ।’

थापाले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको भन्दै गुनासो समेत गनुभएको छ । सो एजेण्डाको मूल संवाहकलाई राजाले राजनीतिक रुपमा समाप्त पार्न खोजेको पनि उहाँको आरोप छ ।

उहाँले लेख्नुभएको छ– ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना ।’

प्रतिक्रिया दिनुहोस !

नेपाली काँग्रेस प्रदेश- २ को अधिवेशन स्थगित, नेतृत्व चयन महाधिवेशनपछि मात्र हुने



काठमाडौ । नेपाली कांग्रेसको प्रदेश- २ को अधिवेशन उद्घाटनपछि स्थगित भएको छ । प्रदेश २ का धनुषाबाहेक केही जिल्लाबाट मतदाता नामावली नआएका कारण हाललाई अधिवेशन रोकिएको निर्वाचन समितिले बताए ।अब प्रदेश- २ को नेतृत्व चयन महाधिवेशनपछि मात्र हुने बताइएको छ। प्रदेश अधिवेशनको उद्घाटन भएको तीन दिन बितिसक्दा पनि मनोनय दर्तालगायत चुनावी प्रक्रिया अगाडि बढेको छैन।

यता प्रदेश सभापतिलगायत पदहरूमा आकांक्षीहरूले औपचारिक रुपमा उम्मेदवारीसमेत घोषणा गरिसकेका छन्।प्रदेशका ८ जिल्लाका ३२ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये हालसम्म सात वटा निर्वाचन क्षेत्रमा अधिवेशन नभएकाले प्रदेश अविधेशन स्थगित भएको निर्वाचन समितिले बताए।सर्लाहीका चार निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ ९ख०, सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४, र रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनोट हुन सकेका छैनन्।

सर्लाहीमा त अहिलेसम्म वडा अधिवेशनसमेत हुन सकेको छैन। निर्वाचन समितिकाअनुसार सर्लाही जिल्लामा अधिवेशनको प्रक्रियामा झमेला देखिएको छ।जिल्लाका निर्वाचन समितिहरूबाट प्राप्त हुनुपर्ने मतदाता नामावली साँझसम्म उपलब्ध नभएकाले पूर्वघोषित निर्वाचन तालिकाअनुसार शनिबार पनि मतदाता नामावली प्रकाशन हुन सकेन।

मतदाता नामावली नै प्रकाशन हुन नसकेको कारण आइतबार हुने भनिएको मनोनयन पत्र दाखिला पनि स्थगित भएको छ। रौतहट र सप्तरी जिल्लामा प्रतिनिधि छनोटको काम सम्पन्न भइसकेको बताइए पनि निर्वाचन समितिमा नामावली प्राप्त हुन सकेन।” श्रोतका अनुसार प्रदेशको नेतृत्व चयनको प्रक्रिया अब महाधिवेशनपछि मात्र हुनेछ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: